नेकपाको चियापानमा सहभागी हुँदै देउवाले भने, ‘मेलमिलाप सत्ता पक्षको जिम्मामा’


१० कार्तिक २०७५, शनिबार
Rss Images 1540642296043 Pro Ktm Chayapan

काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा एकता, मेलमिलाप र समृद्धिको जिम्मा सत्तापक्षको हातमा रहेको बताएका छन् ।

Rss Images 1540642296043 Pro Ktm Chayapan
नेपाल कम्युनिष्ट पाटी (नेकपा) द्वारा भृकुटीमण्डपमा दशै, तिहार, नेपाल सम्वत् तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता झलनाथ खनाल, माधव कुमार नेपालसँग चियापान गर्दै नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा । तस्बिर : रासस

विजयादशमी, दिपावली, नेपाल संवत् र छठका अवसरमा नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) ले आज राजधानीको भृकुटीमण्डप बगैँचामा आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै प्रमुख प्रतिपक्षी दलका सभापति देउवाले सो धारणा व्यक्त गरेका हुन् ।

देश अब मेलमिलाप, एकता र समृद्धिमा जान लागेको हो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘मेलमिलाप र समृद्धिमा जानुपर्छ, तर यो सबै कुरा सत्ता पक्षको हातमा छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७