हिमाली जिल्ला हुम्लामा स्वास्थ्य कार्यालय


११ कार्तिक २०७५, आईतवार
humla

हुम्ला, ११ कात्तिक । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा शनिबार प्रदेशअन्तर्गतको स्वास्थ्य कार्यालय उद्घाटन गरिएको छ ।

humla

कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले स्वास्थ्य कार्यालयको उद्घाटन गरेका हुन् ।
जिल्लामा एक मात्र स्वास्थ्य कार्यालय र उपस्वास्थ्य चौकी भएता पनि बिरामीले औषधिको अभावमा तराई–मधेश झर्नुपरेको छ ।

हुम्लामा यातायातको साधन हवाईजहाज मात्र छ अब प्रदेश सरकारले हुम्लामा तीन वर्षभित्र सडक सञ्जालभित्र जोड्ने मन्त्री दल रावलको भनाइ छ ।

गाउँमा बिरामी हुँदा चार–पाँच दिन पैदल यात्रा गरेर जिल्ला सदरमुकामको अस्पताल आउनुपर्ने अवस्था छ । हुम्ला यातायातको हिसाबले कर्णाली प्रदेशको अन्य जिल्लाको तुलनामा सबभन्दा विकट जिल्ला भएको र समयमै बिरामीले औषधि उपचार नपाउने जस्ता दुःख भोग्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७