नेकपाको चियापान पार्टी एकीकरण जस्तै अव्यवस्थित


११ कार्तिक २०७५, आईतवार
0 Shares
vela

काठमाडौं, ११ कातिक । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीले विजयादशमी, दीपावली तथा छठ पर्वको अवसर पारेर शनिबार राजधानीमा चियापान कार्यक्रम आयोजना गर्‍यो ।

vela

काठमाडौँको भुकुटीमण्डस्थित बगैँचामा राखिएको चियापान स्थल साँघुरो भएकाले अस्त व्यस्त देखिएको थियो । उक्त स्थानमा प्रवेश गर्नका लागि कार्यकर्ताहरुले घण्टौँ लाइन बस्नुपरेको थियो । लामो समय लाइन बस्नुपरेकाले केही कार्यकर्ताहरु बीचबाटै बाहिरिएका थिए । केही कार्यकर्ताले असन्तुष्टि जनाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

कार्यक्रमस्थलमा शौचालयको राम्रो व्यवस्था नभएकाले नेता तथा कार्यकर्ताहरु खुल्ला क्षेत्रमा शौच गर्न बाध्य भएका थिए । ५० हजारलाई निमन्त्रणा दिइएको भनिए पनि चियापानमा २५ हजार जति मात्र उपस्थित भएको आयोजकको भनाइ छ ।

पार्टी एकीकरण व्यवस्थित नभए जस्तै कार्यक्रमस्थलको व्यवस्थापन पनि सशक्त देखिएको थिएन । पार्टी एकीकरण भएपछि पहिलो पटक आयोजित चियापानमा नेता तथा कार्यकर्ताको संस्कार समेत परिवर्तन भएको देखिएको खबर नेपाल समाचारपत्रले लेखेको छ ।

jagdamba.cement

विगतमा लालसलाम भन्दै प्रस्तुत हुनेहरुलाई यसपालि नमस्कार भन्न भ्याइनभ्याई थियो । शीर्ष नेताहरुले विगतमा झैँ नेता तथा कार्यकर्तासँग हात मिलाएको देखिएन ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७