पिपिएल : धनगढी ब्लुजसँग विराटनगर टाइटान्स ७८ रनले पराजित


११ कार्तिक २०७५, आईतवार
ppl biratnagar vs dhangadi

पोखरा, ११ कार्तिक । पोखरामा जारि पोखरा प्रिमियर लिगमा धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर १६.४ ओभरमा अलआउट हुँदै १०४ रनमा समेटियो । प्रतियोगितामा धनगढीको यो पहिलो जित हो ।

विशाल लक्ष्य पछ्याएको विराटनगरले दोस्रो ओभरमा ओपनर प्रदीप ऐरीलाई ४ रनमै गुमाए । त्यसपछि सुनील धमला र मोहमद जैदले साझेदारी गर्ने प्रयास गरेपनि सुनील २१ रन जोड्दा दीपेन्द्रसिंह ऐरीको बलमा उनकै हातबाट क्याचआउट भए ।

त्यसपछि राजु रिजाल ५ र जैद १९ रनमा पेभेलियन फर्किए । किशोर महतो ९, राजेश पुलामी मगर २ र पुष्प थापा २ ले पनि दोहोरो अंक छुन सकेनन् । सन्दीप लामिछाने १० रनमा आउट भए ।

धनगढीका लागि ड्यानीएल लरेन्सले ३ विकेट, दिपेन्द्रले २ र रोबिन क्षेत्री, डेविड ट्रेगो र कमलसिंह ऐरीले १–१ विकेट लिए ।

यसअघि विदेशी(इंग्ल्याण्ड) खेलाडी पिटर ट्रिगोको अर्धशतकीय पारी र सौरभ खनालको विस्फोटक ब्याटिङको मदतमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई १ सय ८३ रनको ठूलो लक्ष्य दिएको थियो ।

पिटरले ३८ बलमा ५३ रनको इनिङ्स खेल्दै धनगढीलाई अघि बढाएका थिए । जितेन्द्र मुखियाको अठारौं ओभरको पहिलो बलमा सन्दीप लामिछानेको हातबाट क्याच हुनुअघि उनले चार छक्का र दुई चौका प्रहार गरेका थिए ।

यस्तै पिटरले चौथो विकेटका लागि धनगढीका कप्तान दीपेन्द्रसिंह ऐरीसँग ६० रनको साझेदारी गरेका थिए । दीपेन्द्रले २९ रन, सौरभ खनालले अन्त्यतिर १३ बलमा ४१ रनको पारी खेल्दै धनगढीलाई ठूलो लक्ष्यमा र्पूयाएका थिए। उनले ५ छक्का र २ चौका प्रहार गरे ।

विराटनगरका जितेन्द्र मुखियाले ४ विके, किशोर महतो, सन्दीप लामिछाने र सुनिल धमलाले एक एक विकेट लिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७