नारायणपुर खानेपानी योजना निर्माण


११ कार्तिक २०७५, आईतवार
watertap

दाङ, ११ कात्तिक । नागरिकलाई शुद्ध पिउने पानी वितरण गर्न साढे दुई वर्ष पहिले शुरु भएको नारायणपुर खानेपानी योजना निर्माण कार्य सम्पन्न भएको छ ।

watertap

निर्माण सम्पन्न भएसँगै अब नारायणपुरवासीले स्वच्छ तथा शुद्ध पानी खान पाउने भएका छन् । नारायणपुर क्षेत्रका अधिकांशले हालसम्म कुवाको पानी पिउँदै आएका छन् ।

नेपाल सरकारको ७० प्रतिशत अनुदान र उपभोक्ताको २० प्रतिशत श्रमदान र १० प्रतिशत नगद गरी जम्मा रु १५ करोड १४ लाखको लगानीमा सो योजना सम्पन्न भएको नारायणपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष श्रवण रजौरेले जानकारी दिए ।

सो योजनाअन्तर्गत चार लाख ५० हजार लिटर क्षमताको ओभरहेड ट्याङ्की निर्माण, पानी छान्ने मसिन जडान, पानीको नमूना परीक्षण, दुई लाख क्षमता भएको रिजर्भ ट्याङ्की निर्माण र पाइप लाइन विस्तारलगायत काम गरिएको पनि अध्यक्ष रजौरेले जानकारी दिए ।

विसं २०७२ चैत १२ गते टेण्डर प्रक्रियाबाट सो योजना निर्माणको जिम्मेवारी चन्द्रा एण्ड वसन्त कन्सट्रक्सन प्रालि काठमाडाँैले पाएको थियो ।

तोकिएको समयभित्र गुणस्तरीय काम हुनुपर्ने भन्दै त्यहाँका उपभोक्ताहरुले निर्माण कम्पनीलाई यसअघि पटक पटक दबाब दिँदै आएका थिए ।

सो खानेपानी योजनाबाट नारायणपुर क्षेत्रका तीन हजार २९ घरघुरीका १४ हजारभन्दा बढीले पानी खान पाउने भएका छन् । केही दिनपछि धाराबाट पानी वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७