स्थानीय समस्या बुझेर योजना बनाउन सुझाव


११ कार्तिक २०७५, आईतवार
dalit 1

काठमाडौं, ११ कात्तिक । दलित समुदायले स्थानीयस्तरमा भोगिरहेका समस्यालाई प्राथमिकतामा राखेर भावी योजना तर्जुमा गर्नुपर्ने यस क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।

dalit

दलित सेवा संघद्वारा आज यहाँ आयोजित ‘पञ्च वर्षीय रणनीतिक योजना तर्जुमा’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीका वक्ताहरुले यथार्थमा आधारित रहेर सरोकारवालासँग छलफल गरी योजना बनाउन सुझाव दिएका हुन् ।

कार्यक्रममा सेभ द चिल्डे«नका कार्यक्रम निर्देशक जुली एलेनले स्थानीयस्तरमा दलित समुदायले भोग्नु परेको समस्या सम्बोधन गरी योजना तर्जुमा गर्न सुझाव दिँदै त्यसका लागि नेपालको संघीय प्रणाली अवसर भएको उल्लेख गरिन् । उनले संघले बनाएका योजना अन्य संस्थाका लागि उदाहरणीय बन्नुुपर्ने बताइन् ।

एक्सन एड नेपालका देशीय निर्देशक सुजाता माथेमाले स्थानीय समुदायका अनुभवलाई आधार बनाएर योजना निर्माण गर्दा प्रभावकारी र कार्यान्वयन गर्न सहज हुने धारणा व्यक्त गरे ।

आइएम स्विडिसका नेपाल निर्देशक गोविन्द न्यौपानेले परिवर्तित राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक तथा आर्थिक सन्दर्भलाई समेत मध्यनजर गरी भावी रणनीति तयार गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा संघका अध्यक्ष चक्रमान विक, संस्थापक अध्यक्ष मोतिलाल नेपाली, पूर्व अध्यक्ष गजाधर सुनार, वरिष्ठ उपाध्यक्ष गणेश कालिराज, दलित गैरसरकारी संस्था महासंघका कार्यवाहक अध्यक्ष चक्र विश्वकर्मालगायतले दलितको हितमा कानूनले धेरै व्यवस्था गरेको भए पनि कार्यान्वयनमा कमजोरी रहेको धारणा व्यक्त गरे । गोष्ठीमा २५ जिल्लाका ५० विज्ञ र संघका पदाधिकारीको सहभागिता रहेको संघले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७