१५ महिनामा बन्नु पर्ने भवन ६ वर्षमा पनि बनेन


११ कार्तिक २०७५, आईतवार
0 Shares
Pashupati Nagar Hospital

इलाम, ११ कात्तिक । १५ महिनामै निर्माण पूरा गर्ने सम्झौता भई शुरु गरिएको भवन छ वर्ष बित्न लाग्दा पनि सम्पन्न नभएपछि पूर्वी सीमावर्ती पशुपतिनगरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको सेवा प्रभावित भएको छ ।

Pashupati Nagar Hospital

पूरानो भवन जीर्ण बन्दा केन्द्रका लागि आएका अत्यावश्यक उपकरण पनि त्यसै थन्किएका छन् । स्वास्थ्य केन्द्रको यतिसम्म बेहाल छ कि अहिले एक्स–रे र ल्याबका उपकरणमाथि कपडा सुकाउने गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

विसं १९८६ मै बनेको भवनमा बसेर स्वास्थ्यकर्मी र कर्मचारीले काम गर्दै आएकामा अहिले सो भवन जीर्ण भइसकेकाले बिरामीलाई उपचार गराउन कठिन भएको हो ।

उपचार गराउन आउनेको संख्या थपिँदै गएकाले भवन अभावले समस्या भएको हो’, अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष प्रमोद राईले भने, ‘भवन नबनाएकै कारण यहाँका बासिन्दासँगै सबैले समस्या झेल्नु परेको छ ।’

jagdamba.cement

दार्जिलिङको राजनीतिक अस्थिरताका कारण पनि यो स्वास्थ्य केन्द्र पूर्वी इलामका दर्जनौँ गाउँका बासिन्दाका लागि उपचारको एक मात्र थलो बन्दै आएको छ ।

विसं २०७९ जेठ ११ गते आवासहितको अस्पताल भवन निर्माणको ठेक्का पाएको मिलेनियम देव एण्ड सायर कम्पनीले पटक÷पटक म्याद थप गर्दा पनि निर्माण पूरा गरेको छैन् ।

सझौतानुसार विसं२०७० साल भदौमा सम्पन्न भइसक्नु पर्ने भवन नबन्दा स्थानीयवासीले सास्ती पाएकाले २०७३ पुस ३० सम्मका लागि म्याद थप गरिए पनि निर्माण पूरा भएन । पुनः २०७४ चैतसम्म म्याद थप गरिए पनि भवन निर्माण नहुँदा कुनै कार्वाही समेत नगरिएको कार्यालयले जनाएको छ ।

‘भवन निर्माण गर्नुपर्ने स्थानमा रहेको विद्युत् प्रशारण लाइन हटाउन मात्रै ३१ महिना लाग्यो’, निर्माण कम्पनीका प्रमुख डम्बर गदालले भने, ‘त्यहाँसम्म ट्रक पुग्ने सडक नहुनु, अत्यधिक चिसोका कारण हिउँद याममा काम गर्न कठिन हुनु, भूकम्प र राजनीतिक उतार चढावका कारण पनि ढिलो भएको हो ।’

यी सारा अवरोध हुँदाहुँदै पनि बिल बमोजिमको रकम प्रदान नभएकाले पनि समस्या आएको निर्माण कम्पनीका ठेकेदार डम्बर गदालले बताए । पाउनुपर्ने डेढ करोड रुपैयाँमध्ये करीब ७० लाखको काम भए पनि सो रकम नपाएको उनको गुनासो थियो ।

जीर्ण भवनबाट ओपिडी, बर्थिङ सेन्टर, बीमा, फार्मेसी जस्ता काम गर्न कठिन भएको चिकित्सक कुशल वस्तीले बताए ।

‘आवासको अवस्था पनि उस्तै छ’, उनले भने, ‘शौचालयको पनि व्यवस्था नभएकाले दुई चिकित्सकसहित १० जनाको स्वास्थ्यकर्मीको टोलीलाई दैनिक कामकाज र बसोबासका लागि पनि समस्या छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७