प्रदेश-२ को नाम र राजधानी टुङ्ग्याउन बन्याे आयोग


११ कार्तिक २०७५, आईतवार
state 2


जनकपुर, ११ कात्तिक । प्रदेश–२ को राजधानी र नामको टुंगो लगाउन प्रदेश २ को सरकारले आयोग गठन गरेको छ ।

state 2

सरकारको तर्फबाट राजधानी र नामको टुंगो लगाउन ढिलाई हुँदा चौतर्फी आलोचना भइरहेका बेला सरकारले आयोगमार्फत यसको निचोड निकाल्ने भएको हो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशको नाम र राजधानी तय गर्न डा. हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय संवाद तथा सुझाव आयोग गठन गरेको हो ।

यस आयोगका सदस्यहरुमा मोहलाल चौधरी र रामप्रवेश बैठा रहेको आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए । ४५ दिन भित्र आयोगले प्रदेशको नामांकन र स्थायी राजधानीको टुंगो लगाउने जिम्मा पाएको छ ।

समितिले दिने प्रतिवेदनका आधारमा प्रदेश सरकारले निर्णय लिने जनाइएको छ । आयोगले निर्धारित समयभित्र प्रदेशका विभिन्न जिल्लामा सर्वेक्षण गरि बनाएको प्रतिवेदन सरकारलाई बुझाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७