प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या, अस्पताल भर्ना


१२ कार्तिक २०७५, सोमबार
KP Sharma oli

काठमाडौं, १२ कातिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा थप समस्या देखिएको छ । उनको स्वास्थ्यमा थप समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ ।

KP Sharma oli

सोमबार बिहान एकाएक स्वास्थ्यमा थप समस्या देखिएसँगै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आइतबार सचिवालयले एक प्रेस नोटमार्फत ओलीलाई मौसमी रुघाखोकी र हल्का ज्वरो आएको जानकारी दिएको थियो । चिकित्सकको सल्लाह बमोजिम उनी नियमित भेटघाट र बैठकबाट टाढा रही निवासमै आरामरत रहेको जानकारी पनि दिएको थियो ।

स्वास्थ्यमा समस्या रहेकै कारण नेकपाका अध्यक्ष समेत रहेका ओली शनिबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सहभागि हुन सकेका थिएनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७