‘अरिंगाल’ सरकारले निरासा मात्र दियो : रविन्द्र मिश्र


१२ कार्तिक २०७५, सोमबार
rabindra mishra nuzgk878wj

पोखरा, १२ कातिक । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अहिलेको सरकारले जनतामा आशा भन्दा पनि घोर निरासाको प्रवाह गरेको बताएका छन् ।

rabindra mishra nuzgk878wj

साझा विवेकशील पार्टीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मिश्रले यति शक्तिशाली सरकारले यस्तो व्यवहार देखाउनु विडम्बना भएको प्रतिक्रिया दिएका हुन् ।

पत्रकार सम्मेलनमा बोल्दै मिश्रले पुरै अधिकार सम्पन्न सरकार हुँदा पनि अरुलाई दोष दिएर आफूहरुले केहि गर्न नसकेको बताउनु सरकारको लज्जास्पद व्यवहार भएको बताए ।

उनले भने–‘कसैले आलोचना गरेको देख्न नसक्ने अनि आफ्ना कार्यकर्तालाई अरिंगाल भएर जाइलाग्न निर्देशन दिने सरकारको नेतृत्व देखेर साँच्चै विरक्त लागेर आउँछ ।’ मिश्रले भने–‘सरकार आफ्नो कार्यशैलीमा पुरै फेल भैसकेको छ ।’

सरकारको जस्तै लाचारीपना प्रमुख प्रतिपक्षी दलको पनि देखिएकोले जनतामा झन् बढि निराशा प्रवाह भएको उनले बताए ।

जनताको अपेक्षा पुरा गर्ने सम्बन्धमा केहि पनि गर्न नसकेको सरकार र उस्तै प्रतिपक्षका कारण अब वैकल्पिक शक्ति नरोजी जनताले सुखै नपाउने उनले दाबी गरे । ‘अब त जनताले पनि हामी अहिलेसम्म भ्रममा रहेछौँ भन्ने कुरा महशुस गरिसकेका होलान् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७