मुख्यमन्त्री राई बिरामी, रोग पत्ता नलागेपछि बैंकक जाँदै


१२ कार्तिक २०७५, सोमबार
Sherdhan Rai

काठमाडौं, १२ कात्तिक । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलस् अस्वस्थ भई उपचार गराइरहेका बेला प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईमा पनि स्वास्थ्य समस्या देखिएको छ ।

Sherdhan Rai

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईको घाँटीमा देखिएको रोगको पहिचान नेपालका कुनै पनि अस्पतालले गर्न नसकेपछि बैंकक जाने भएका छन् ।

विगत एक वर्षदेखि घाँटीको पछिल्लो भागमा समस्या झेलिरहेका मुख्यमन्त्री राई कात्तिक १७ गते बैंकक जाने जनाइएको छ ।

प्रदेश–१ को मन्त्रिपरिषदको सोमवार बसेको बैठकले मुख्यमन्त्रीको बैंकक भ्रमण स्वीकृत गरेको छ । स्वास्थ्य उपचार निजी खर्चमा गरिने भन्दै राईले सरकारको एक पैसा पनि नलिने बताएका छन् ।

उनले भने, ‘म निजी खर्चमा तिहार बिदाको बेला पारेर उपचारका लागि जान लागेको हुँ । नेपालमा धेरै ठाउँमा देखाउँदा पनि रोग पहिचान हुन नसकेकाले चिकित्सकहरुकै सल्लाहमा बैंकक जाने सोंच बनाएको हुँ ।’

मुख्यमन्त्री राईमा गर्धन हल्लिने समस्या छ । कतिपयले रक्त प्रवाहमा समस्या भनेका छन् भने केहीले घाँटीको हड्डी खिइएको बताएका छन् ।

सबैखाले उपचारबाट सुधार नभएकाले रोग पहिचानका लागि बैंककस्थित बुम्रुनग्राड इन्टरनेशनल हस्पिटल रोजेको मुख्यमन्त्री राईले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यहि अस्पतालमा नियमित स्वास्थय परीक्षण गराउँदै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७