अब मलेशिया जाने कामदारले पाउने छन् यी आकर्षक सुविधा


१२ कार्तिक २०७५, सोमबार
Rss Images 1540794120959 RSS MOL 10292018 IMG 3886

काठमाडौं, १२ कातिक । अब रोजगारीका लागि मलेशिया जाने कामदारले एक रुपैंयाँ खर्च गर्न मात्र नपर्ने भएको छैन, थप आकर्षक सुविधाहरु समेत पाउने भएका छन् ।

Rss Images 1540794120959 RSS MOL 10292018 IMG 3886
काठमाडौँमा सोमबार नेपाल र मलेसियाबीच श्रमिक आपूर्तिसम्बन्धी मन्त्रीस्तरीय छलफल गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधनमन्त्री एम कुलासेगरान । तस्वीर : सौजन्य–श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रासस

मलेशियाको रोजगारीबाट असुरक्षित मात्र होइन, निरासा बोक्दै फर्किरहेका बेला मलेशियाका मानव संशाधनमन्त्रीसँगै आकर्षक सुविधाका प्याकेजहरुमा आज मन्त्रीस्तरमा सम्झौता हस्ताक्षर भएको छ ।

नेपाल सरकार र मलेसिया सरकारबीच नेपाली कामदार लैजाने विषयमा समझदारी भएको छ । श्रम मन्त्री गोकर्ण विष्ट र नेपाल भ्रमणमा रहेका मलेसियाका मानव संशाधनमन्त्री एम कुलेसागरनले सोमबार समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारीअनुसार नेपाली श्रमिक कुनै पनि शुल्क नतिरी मलेसिया जान पाउने छन् । हवाई टिकट, भिसा शुल्क, स्वास्थ्य परीक्षण, सुरक्षा जाँच लगायत खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्ने छन् । कामदारलाई लेभी पनि लाग्ने छैन ।

मलेसिया जाने कामदारको करार अवधि भने ३ वर्षबाट दुई वर्ष कायम गरिएको छ । अब कामदारको तलब प्रत्येक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्नेछ भने मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने श्रम मन्त्रालयले जनाएको छ ।

अब रोजगारदाताले वासथानका साथै व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवन्ध गर्नुपर्नेछ । कामदार विमानस्थलमा पुगेको ६ घन्टाभित्र गन्तव्य स्थलमा लैजानुपर्ने छ ।

कामदार र रोजगारदाताबीच कुनै विवाद भई मुद्धा विचाराधीन रहेसम्म मलेसियामा नै बस्न पाइने छ । कामदारका परिवारका निकटतम समस्य (बाबु, आमा, श्रीमान वा श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा १५ दिनका लागि नेपाल आउने पाउने व्यवस्था समेत मिलाइएको मन्त्रालयले जनाएको छ ।

रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली दूताबासलाई जानकारी गराउनु पर्नेछ भने मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुने गरी व्यवस्था गरिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७