लेस्टर सिटीका थाई मालिक बिचाईको हेलिकोप्टर दुर्घटनामा गयो ज्यान


१२ कार्तिक २०७५, सोमबार
Vichai Srivaddhanaprabha die england 20181029035005

काठमाडौं, १२ कातिक । इङ्गलिस प्रिमियर लिग पूर्व च्याम्पियन लेस्टर सिटीका थाई मालिक अर्बपति विचाई श्रीवादधानप्रभाकोे रङ्गशाला नजिकै भएको हेलिकोप्टर दुर्घटनामा निधन भएको छ ।

Vichai Srivaddhanaprabha die england 20181029035005
विचाई श्रीवादधानप्रभा

शनिबार राति इङ्लिस प्रिमियर लिग अन्तर्गत वेस्टह्यामसँग घरेलु मैदान किङ पावर स्टेडियममा भएको खेल १–१ गोलको बराबरीमा सकिएपछि मैदानबाट उडेको बिचाई सवार हेलिकोप्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।

किङ पावर रङ्गशालाको कार पार्किङ क्षेत्रमा खसेपछि हेलिकोप्टरमा आगो लागेको थियो । त्यही क्रममा सन् १९५८ मा जन्मिएका थाई नागरिक बिचाईसहित पाँच जनाको ज्यान गएको पुष्टि लेस्टर सिटीले पनि गरेको छ ।

दुर्घटनामा बिचाईको ज्यान गएपछि इङ्लिस प्रिमियर लिगकै इतिहासको दुःखदमध्ये एउटा घटनाका रुपमा यसलाई लिएको छ । बिचाईको निधनपछि लेस्टरका हजारौँ समर्थकहरु किङ पावर स्टेडियममा पुगेर श्रद्धाञ्जली दिइरहेका छन् ।

Vichai Srivaddhanaprabha die helicopter crash 1 20181029034909
दुर्घटनाग्रस्त हेलिकोप्टर

शनिबार राति हेलिकोप्टर दुर्घटना भएको थाहा पाएपछि लेस्टरका लेस्टरका गोलरक्षक क्यास्पर स्माइकलसहितका खेलाडीहरू कार पार्किङतिर कुदेका थिए ।

यो क्लबलाई थाई नागरिक विचाई श्रीवादधानप्रभाले सन् २००९ मा किनेका थिए । त्यसपछि क्लबले सफलता हात पार्दै गएको थियो । लेस्टरले सन् २०१५र०१६ को सिजनमा बलिया क्लबहरूलाई पछि पार्दै इङ्लिस प्रिमियर लिगको उपाधि उचाल्न सफल भएको थियो । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७