तस्विरमा राष्ट्रपति भण्डारीको कतार विदाइ


१२ कार्तिक २०७५, सोमबार
0 Shares
Rss Images 1540798666301 Pro Ktm President Visit 2

काठमाडौं, १२ कातिक । राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेकी छन् ।

Rss Images 1540798666301 Pro Ktm President Visit 2
राष्ट्रपति विद्यादेवी भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्दै । तस्वीर : रासस

राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गरेकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुनले बिदाइ गरेका छन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT
Rss Images 1540798629190 Pro Ktm President Visit 3
कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्नुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : रासस

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रिपरिषद्का सदस्य, मुख्य सचिव, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुखलगायत सरकारका उच्च पदाधिकारी विमानस्थलमा उपस्थित थिए ।

Rss Images 1540798614151 Pro Ktm President Visit 1
कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा चार दिवसीय औपचारिक भ्रमणका लागि सोमबार त्यसतर्फ प्रस्थान गर्नुअघि अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारी । तस्वीर : रासस

राष्ट्रपति भण्डारीका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव विनोद केसी, नेपाल लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीलगायत छन् । राष्ट्रपति यही कात्तिक १५ गते स्वदेश फर्कने कार्यक्रम छ ।

jagdamba.cement

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७