बलिउड अभिनेता अर्जुन रामपालको आमाको निधन, ठूला स्टार कोही आएनन्
काठमाडौं, १२ कात्तिक । बलिउड अभिनेता अर्जुन रामपालकी आमा ग्वीन रामपालको ६७ वर्षको उमेरमा आइतबार निधन भएको छ । लामो समयदेखि उनकी आमा स्तन क्यान्सरबाट पीडित थिइन् ।
आमाको अन्तिम यात्रामा बलिउडका कुनै ठूला स्टार देखिएनन् । यद्यपि, उनकी कथित प्रेमिका ग्याब्रिएला डेमेट्रिएडस भने साथ देखिएकी थिइन् । अर्जुनकी पूर्व पत्नी मेहर जेसिया र दुई छोरी पनि उपस्थित थिए ।
अजुर्नकी आमो मुम्बाईस्थित एक अस्पतालमा उपचार चलिरहेको थियो । आइतबार बिहान अस्पतालमा नै उनको निधन भएको थियो । ४ वर्षअघि ग्वीन रामपाललाई ट्रिपल नेगेटिभ स्तन क्यान्सर रहेको भेटिएको थियो ।