छठपछि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ : लक्ष्मणलाल कर्ण


१२ कार्तिक २०७५, सोमबार
Laxman Lal Karna

काठमाडौँ, १२ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका नेता एवम् संसदिय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले छठपछि सरकारलार्इ दिएकाे  दिएको समर्थन फिर्ता गर्ने बताएका छन् ।  

संवाद चौतारीले साेमबार आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा बोल्दै नेता कर्णले संविधान संसोधन हुनुपर्ने आफ्नो पार्टीको माग संवोधन नगरे छठ लगतै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका हुन् ।

उनले संविधान संसोधन गर्ने सहमति पश्चात मात्रै आफ्नो पार्टीले सरकारलाई समर्थन गरेको तर हाल सम्म पनि त्यस तर्फ सरकारले कुनै चासो नदेखाएकाले छठ लगतै पार्टीको बैठक बसेर सरकारलाई दिएको समर्थन फिर्ता दिने निर्णय गरिने जानकारी दिए ।

अन्तरसंवादमा बोल्दै कर्णले प्रदेश नम्बर २ सरकारले प्रहरी ऐन ल्याएर देश टुक्राउन खोजको नभई संविधानको धारालाई नै टेकेर त्यसो गरिएको जिकिर गरे । उनले भने, ‘प्रदेश नम्बर २ सरकारले मात्र होइन यस्ता ऐन अव हरेक प्रदेशले ल्याउनु पर्छ’ ।

संघियता नरुचाउनेहरुले प्रदेश नम्बर २ सरकारले ल्याएको ऐनलाई विरोध गरेर संघियतालाई नै कमजोर बनाउने षड्यन्त्र गरिरहेको समेत उनले आरोप लगाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७