कोरियाली युद्ध अन्त्यको घोषणा तयारी, छुटिएका आफन्त एक बन्ने जाग्यो आशा


१२ कार्तिक २०७५, सोमबार
korean leaders 14 FS3ZSnOtwP

काठमाडौं, १२ कात्तिक । उत्तर र दक्षिण कोरियाबीच यसै वर्षको अन्त्यसम्ममा कोरिया युद्धको विधिवत समाप्तिको घोषणा गर्न तयारी शुरु भएको दक्षिण कोरियाले जनाएको छ ।

korean leaders 14 FS3ZSnOtwP

सन् १९५० देखि १९५३ सम्म कोरिया युद्ध भएको थियो । सो युद्धपछि एकीकृत कोरिया टुक्रिएर उत्तर र दक्षिण कोरिया बनेको थियो । दुई कोरियाबीच युद्धविराम गरिएको, तर औपचारिक रुपमा युद्ध समाप्त भएको घोषणा गरिएको थिएन ।

दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार यी दुई कोरियालाई टुक्र्याएको उक्त युद्धको अन्त्य भएको घोषणा अहिलेसम्म नभएकाले यसै वर्षको अन्त्यतिर सो घोषणा गर्ने तयारी भएको छ ।

उत्तर र दक्षिण कोरियाबीच गएको वर्ष दिनदेखि सम्बन्धमा नाटकीय परिवर्तन आएको छ । यी दुई देशबीच उच्चस्तरीय राजनीतिक भ्रमण र भेटवार्ताहरु पनि भएका छन् ।

युद्ध अन्त्यको तयारीसँगै वर्षौदेखि छुटिएका आफन्तसँग फेरि पुनर्मिलन हुने आशा कोरियाली प्रायदीपमा जागेको छ ।

सोमबार दक्षिण कोरियाली राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनले यहाँको संसदको बैठकमा दक्षिण कोरियाले कोरियाली युद्धको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेको सोमबार जानकारी दिएका हुन् ।

त्यस घोषणाको क्रममा दक्षिण कोरियाले उपलब्धि पनि हासिल गर्ने जानकारी दिनुभएको समाचारमा जनाइएको छ ।

गत अप्रिलमा सो युद्ध अन्त्यको घोषणा यसै वर्ष गर्ने विषयमा दुवै देशबीच सहमति भएको थियो । गत अप्रिलमा उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इनबीच भएको भेटवार्ताका क्रममा यस विषयमा सहमति भएको बताइएको छ । –सिन्ह्वा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७