बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदालाई थपियो सात वर्ष जेल सजाय


१२ कार्तिक २०७५, सोमबार
0 Shares
khalida jiya 1

काठमाडौं, १२ कात्तिक । भ्रष्टाचार आरोपमा बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि सात वर्षको जेल सजाय तोकेको छ ।

khalida jiya 1

प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको थियो । अर्को एक भ्रष्टाचारको आरोपमा खालिदा फेब्रेुअरीदेखि पाँच वर्षको जेल सजाय काटिरहेकी छिन् ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

खालिदामाथि सत्ताको दुरुपयोग गरेर अज्ञात स्रोतबाट आफ्नो ट्रस्टको लागि रकम उठाएको आरोपमा ७ वर्ष पहिले मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको फैसला गर्दै अदालतले उनीमाथि ७ वर्षको जेल सजाय सुनाएको हो ।

अदालतको उक्त आदेश आए लगत्तै प्रहरी र मुख्य विपक्षी बङ्गालादेश नेसलिस्ट पार्टी (बीएनपी) का कार्यकर्ताहरुबीच झडप भएको छ । ७३ वर्षीया जियाले कारागारभित्रैबाट बीएनपीको नेतृत्व गरिरहेकी छिन् ।

jagdamba.cement

पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ । जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो ।

जियामाथि हिंसा र भ्रष्टाचारसँग सम्बन्धित अरु मुद्दाहरु पनि अदालतमा विचाराधीन छन् । ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि कमजोर रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७