‘अब कुनै पुरुषसँग सेक्स गर्न सक्दिनँ’


१२ कार्तिक २०७५, सोमबार
rakhi sawanta

काठमाडौं, १२ कात्तिक । बलिउड कलाकार राखी सावन्तलेलाई ड्रामा क्विनका रुपमा लिइन्छ । उनै ड्रामा क्विन राखीले आफ्नै साथी तनुश्रीले आफूलाई नशा खुवाउँदै पटक–पटक बलात्कार गरेको कुरा सार्वजनिक गरेपछि देश–विदेशमा यो समाचार भाइरल भयो ।

rakhi sawanta

उनै ड्रामावाज राखीले फेरि अर्को अनौठो कुरा गरेर सनसनी मच्चाएकी छन् । राखी सावन्तले अब बिहे नगर्दासम्म कुनै पुरुषसँग यौन सम्वन्ध नराख्ने घोषणा गरेकी छन् । बिहे गरेपछि आफ्नो श्रीमानसँग मात्रै शारीरिक सम्वन्ध राख्ने उनले बताइन् ।

अनौठा कुरा गरेर चर्चामा आउने स्वभाव भएकी राखीले एक अन्तरवार्तामा भनिन्, ‘म अहिले पुरै भगवानमा लिन भएकी छु । आफ्नो शरीरलाई मन्दिर मान्न थालेकी छु । त्यसैले यसको पवित्रता कायम राख्नका लागि यौन सम्पर्कबाट टाढा रहने बिचार गरेकी हुँ ।’

सोही अन्तरवार्तामा उनले हाल ‘मिटु’ प्रकरणले चर्चामा रहेकी अभिनेत्री तनुश्री दत्तबाट आफू बलात्कृत भएको दावी गरिन् ।

राखीले भनिन्, ‘उनले मलाई कसरी बलात्कार गरिन् होली भन्ने तपाईंलाई लाग्दो हो । खासमा उनी लेस्बियन हुन् । उनीभित्र केटाको आत्मा छ । यौन झुकाव उनको केटीतिर हुन्छ । मलाई बारम्बार नशालु पदार्थ खुवाएर उनले बलात्कार गरेकी छन् ।’

अन्तरवार्तामा उनले थपिन्, ‘तनुश्रीले एक पटक मेरै कारणले आफ्नो कपाल मुन्डन गरेकी हुन् । खासमा मलाई मिकाले ओठमा किस गरेको उनले देखेकी थिइन् र त्यसबाट निकै चिढिएकी थिइन् । ममाथि आफ्नो मात्र हक लाग्छ भन्ने उनी सोच्थिन् । त्यही रिसमा कपाल मुन्डन गरिन् । ध्यान आश्रममा गएर बसिन् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७