गृहले सुरक्षाकर्मीलाई भन्यो, ‘विस्फोट गराउँदै गरेको पाइए सीधै गोली हान्नु’


३ मंसिर २०७४, आईतवार
Home ministry

काठमाडौं : गृह मन्त्रालयले बम विस्फोटका घटनामा संलग्नविरुद्ध कडा रूपमा प्रस्तुत हुन सशस्त्र र नेपाल प्रहरीलाई निर्देशन दिएको छ । ‘बम विस्फोटमा संलग्न हुनेलाई जहाँ भेट्यो त्यहीँ पक्राउ गर्न र विस्फोट गराउँदै गरेको वा विस्फोटक पदार्थ बोकेर हिँडेको पाइए सीधै गोली हान्नेसमेत आदेश दिइएको छ,’ गृह स्रोतले भन्यो । तर, गृहको विज्ञप्तिमा भने गोली हान्ने आदेश दिइएको उल्लेख छैन ।

Home ministry

बम विस्फोटमा बालकसहित ६ घाइते
अशोक पहाडीररौतहटको चन्द्रनिगाहपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा अज्ञात समूहले गराएको बम विस्फोटबाट एक बालकसहित ६ जना घाइते भएका छन् । सरकारी अस्पतालनजिक रहेको राधाकृष्ण मन्दिरमा हुन लागेको एमाले र माओवादी केन्द्रको संयुक्त सभालाई लक्षित गरी बम विस्फोट गराइएको हो ।

विस्फोटमा परी चियापसल चलाउने ३१ वर्षीया सरिता राई र उनका सात वर्षका छोरा जैविक राई गम्भीर घाइते भएका छन् । सरिताको खुट्टाभरि बमका छर्रा लागेका छन् । जैविकको शरीरका विभिन्न स्थानमा गहिरो चोट लागेको छ । उनीहरूलाई थप उपचारका लागि वीरगन्ज पठाइएको छ ।

घाइते हुने अन्यमा चन्द्रपुर नगरपालिकाकी ४५ वर्षकी लक्ष्मी राई, ५५ वर्षीय रामबहादुर विक, ४८ वर्षकी कुन्ता खत्री, ३९ वर्षीय गोपाल विक, ४५ वर्षकी दिलमाया राई र ५० वर्षकी यमुना काफ्ले छन् । एमाले कार्यकर्ता काफ्लेको एउटा हातको औँला चुँडिएको छ ।

बम विस्फोट कसले गरेको हो भन्ने खुल्न सकेको छैन । घटनाको कुनै संगठनले जिम्मा लिएका छैनन् । वाम गठबन्धनका स्थानीय नेता उद्धव रेग्मीले भेला हुनुभन्दा केही पहिला विस्फोट भएको जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७