प्रधानमन्त्रीको स्वास्थ्य स्थिर, स्वास्थ्य परीक्षणका रिपोर्टहरु सुधारोन्मुख


१२ कार्तिक २०७५, सोमबार
KP Sharma oli

काठमाडौँ, १२ कात्तिक । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार भर्ना भएको प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य स्थिति स्थिर रहेको छ । एका–एक स्वास्थ्यमा थप समस्या देखिएपछि अस्पताल भर्ना गरिएको भर्ना गरिएको प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रा डा अरुण सायमीको संयोजकत्वमा प्रा डा दिव्यासिंह शाह तथा डा सन्तकुमार दास सम्मिलित चिकित्सक टोलीले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । प्रधानमन्त्री अाेलीकाे त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेकाे छ ।  

‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य परीक्षणका पछिल्ला रिपोर्ट सुधारोन्मुख छन्, सुगरको लेभल पनि स्थिर छ’, प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे सोमबार साँझ सञ्चारकर्मीलाई जानकारी दिँदै प्रा डा सायमीले भने ।

उनकी निजी चिकित्सक डा दिव्या सिंह शाहका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले ६० प्रतिशत सुधार आएको छ । ‘उहाँको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गइरहेको छ,’ उनले भनिन, ‘औषधि र आवश्यक उपचारका कारण अहिले उहाँको समस्यामा ६० प्रतिशतभन्दा बढी सुधार भइसकेको छ। ज्वरो पनि घटेको छ।’

डा शाहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा तीन दिन अस्पतालमै राख्नुपर्ने हुन्छ । ‘त्यसपछि आराम गर्दा हुने अवस्था देखिएको छ,’ उनले भनिन्।

प्रधानमन्त्रीलाई भेटन् प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वास्थ्यस्थितिबारे जानकारी लिन पुगेका थिए । उनले प्रधानमन्त्री शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
यसैगरी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्रीलाई आजै भेटेर स्वास्थ्यस्थितिबारे जानकारी लिए ।

प्रधानमन्त्रीलाई छातीमा सङ्क्रमण देखिएपछि महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टर’ को ‘मोबाइल कोरोनेरी केयर युनिट’ (एमसिसियु) मा बिहान ०४ः३० बजे भर्ना गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७