गौतमबुद्ध विमानस्थलको धावनमार्ग कालोपत्र थालियो, ६ महिनामै उडान थालिने


१३ कार्तिक २०७५, मंगलवार
kalopatre
फाइल फोटो

बुटवल, १३ कात्तिक । वहुप्रतिक्षित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको कालोपत्रे गर्न थालिएको छ ।

kalopatre

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रबिन्द्र अधिकारीले मंगलबार एक कार्यक्रमका बीच कालोपत्रे गर्ने कामको उद्घाटन गरेका छन् । विमानस्थल निर्माणको कामले पछिल्लो समय गति लिएको बताउँदै मन्त्री अधिकारीले ६ महिनाभित्र उडान शुरु गर्ने उद्देश्यका साथ कामलाई तीब्रता दिइएको जानकारी गराएका छन् ।

हालसम्म पाँच वटा विमान पार्क गर्न मिल्ने गरी पार्किङ्ग एरियाको काम पूरा भइसकेको र अब अन्तिम चरणको काम भइरहेको जनाइएको छ । ओभरहेड ट्याङ्की, प्रशासनिक भवन, कन्ट्रोल टावर, धावनमार्ग, अन्तर्राष्ट्रिय टर्मिनल भवनलगायतको काम अन्तिम चरणमा पुगेको कार्यक्रममा जानकारी गराइएको छ ।

तर, विमानस्थल निर्माण गर्दा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणमा ढिलाई भइरहेको छ । पर्यटनमन्त्री अधिकारीले स्थानीयको भावनाअनुसारै यसै वर्ष ९ अर्ब मुआब्जा वितरण गर्ने आश्वासन दिएका छन् ।

kalo

मन्त्री अधिकारीले हवाई रुटका लागि भारतसँग छलफल भइरहेको बताएका छन् । साथै हवाई रुट नभएर विमानस्थल सञ्चालनमा आउन्न कि भन्ने आशंका हटाउन आग्रह गरेका छन् ।

सन् २०१७ को अन्त्यसम्म निर्माण सम्पन्न हुने गरी २०१५ मा विमानस्थलको स्तरोन्नती थालिएको थियो । तर, समयमा काम हुन सकेन । पछिल्लो समय चिनियाँ ठेकेदार कम्पनी नर्थ वेष्ट सिभिल एभिएसनले काम गरिरहेको छ ।

kalo1

एसियाली विकास बैंकको अनुदान र ऋण सहयोग गरी कुल ६ अर्ब २२ करोड रुपैयाँ लागतमा विमानस्थल निर्माण भइरहेको छ । विमानस्थल निर्माणमा हालसम्म २ अर्ब ६ करोड खर्च भइसकेको आयोजनाले जनाएको छ ।

तस्विरहरु : मन्त्री अधिकारीको ट्वीटबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७