सम्बन्धविच्छेद गर्नेमा महिला नै अगाडि


१३ कार्तिक २०७५, मंगलवार
divorce

विदुर, १३ कात्तिक । देवानी तथा फौजदारी संहिता लागू भएपछि नुवाकोटमा सम्बन्धविच्छेद गर्नेमा पुरुषभन्दा महिला बढी छन् ।

divorce

नयाँ बनेको कानूनमा पुरुषले पनि सीधै अदालतमा सम्बन्धबिच्छेदको मुद्दा दायर गर्न पाउने व्यवस्था भएका कारण केही जिल्लामा सम्बन्धबिच्छेद गर्नेमा पुरुषकै संख्या बढे पनि यहाँ भने महिला नै बढी रहेको नुवाकोट जिल्ला अदालत जनाएकोे छ ।

गत भदौ १ गतेदेखि उक्त अदालतमा अहिलेसम्म दर्ता भएका ३५ सम्बन्धबिच्छेदका मुद्दामध्ये १३ पुरुष र २२ वटा महिलाले दायर गरेको उक्त अदालतका श्रेस्तेदार शिवप्रसाद बञ्जाराले बताए ।

‘अरु जिल्लामा भदौपछि उक्त मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुष नै बढी भएकामा यहाँ भने महिला नै बढी छन्, शायद कसैलाई नयाँ कानूनबारे जानकारी नभएर पनि हुन सक्छ ।’

गत वर्ष उक्त अदालतमा १२६ सम्बन्धबिच्छेदका मुद्दा दर्ता भएकामा ९९ वटा फछ्र्योट भएको र २७ बाँकी रहेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७