नापी सर्वेक्षक दुई लाख घुससहित रङ्गेहात पक्राउ


१३ कार्तिक २०७५, मंगलवार
ghus sahit lahan

सिरहा, १३ कात्तिक । नापी कार्यालय लहानमा कार्यरत नापी सर्वेक्षक सेवाग्राहीसँग घुस लिंदै गरेको अवस्थामा रङ्गोहात समातिएका छन् ।

ghus sahit lahan

सर्वेक्षक देवनारायण चौधरी आफ्नै कार्यकक्षमा सेवा ग्राहीसँग दुई लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासबाट आएको प्रहरी नायव उपरीक्षक प्रेमसागर केसीको टोलीले रङ्गेहात समातेको हो ।

पक्राउ परेका चौधरीले सखुवा नन्कार्कटी गाउपालिका–२ का एक सेवाग्राहीको श्रेस्ता सच्चाउनका लागि घुस मागेका थिए ।

जग्गाको श्रेस्तामा १ कठ्ठा ३ घुर जग्गा रहेकामा त्यसलाई सच्चाएर १ विघा ३ कठ्ठा बनाउन घुस लिइरहेको पाइएको प्रहरी नायब उपरीक्षक केसीले जानकारी दिएका छन् । चौधरीबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७