नौं जनाको ज्यान गएको ‘गुस्तुङ पिक’ को पहिलोपल्ट सफल आरोहण


१४ कार्तिक २०७५, बुधबार
gurja himal

म्याग्दी, १४ कात्तिक । धवलागिरी गाउँपालिका–१ गुर्जास्थित ‘गुस्तुङ पिक’ हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ ।

gurja himal

राजन भोटेको नेतृत्वमा रहेको आठ सदस्सीय फ्रान्सेली टोलीले ६ हजार ४६५ मिटर अग्लो गुस्तुङ पिक हिमालको सफल आरोहण गरेको हो ।

आरोहण टोलीमा फ्रान्सका चार्सी हेनरी, हेर्भन बेलियर, अल्वर्ट लुरेन्ट, लोमर डिमिस्ट्रिस, इरियोस क्लाउडे, सुज्जल्थ फ्रेन्ससियोस, सोफी बेलियर र पाउल ग्रोवेल सहभागी थिए ।

आरोहण टोलीमा तीन नेपाली नागरिक समेत सहभागी थिए । गत असोज अन्तिम साता हिमालतर्फ गएको टोली सफल आरोहण गरेर मंगलबार गुर्जा आइपुगेको वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

सात हजार १९३ मिटर अग्लो गुर्जा हिमालको आरोहणका लागि गएका पाँच दक्षिण कोरियाली तथा चार नेपाली नागरिकको गत असोज २४ गते आधार शिविरमा ज्यान गएको थियो । गुर्जा पश्चिम हिमाल आरोहण गर्न गएको जापानी टोली भने आरोहण गर्न नसकेर फर्किएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७