कुलमान घिसिङ भन्छन्, ‘यो तिहार झिलीमिली बनाउनुस्, विजुली जाँदैन’


१४ कार्तिक २०७५, बुधबार
kathmandu

काठमाडौं, १४ कातिक । तिहारका बेला काठमाडौं उपत्यकामा विजुली कम हुनु कुनै अनौठो कुरा होइन, विगतमा तिहारलाई झिलीमिली बनाउन खोज्दा विजुली अभाव झेल्दै आएका उपत्यकाबासीले यो तिहारमा भने फालाफाल विजुली पाउने भएका छन् ।

kathmandu

यो वर्षको तिहारमा लोडसेडिङ नहुने नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत कुलमान घिसिङले बताएका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै घिसिङले भने, ‘यो तिहारमा लोडसेडिङ हुन्न, गएको वर्षको भन्दा राम्रो अवस्थामा छौं, सबै व्यवस्थापन मिलाएका छौं । सप्लाई र उपकरण को समस्या छैन ।’

यो वर्षको तिहारमा अधिकतम माग एक हजार २७० मेगावाट पुग्न सक्ने बताउँदै १३५० मेगावाट आए पनि धान्न सक्ने घिसिङले जानकारी दिए । यो पटक कुलेखानीको भण्डारण पनि बढेको बताउँदै उनले भने, ‘कुलेखानीमा यसपालि एक हजार ५२६ मिटरभन्दा माथि छ ।

यो अहिलेसम्मकै धेरै हो ।’ कार्यकारी अधिकृत घिसिङले यो पटकको तिहारलाई झिलिमिली बनाउन सबैलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७