तिहारमा स्कुटी किन्ने सोंच छ ? सस्तो र अाकर्षक यी स्कुटी रोज्नुस् (मूल्यसहित)


१४ कार्तिक २०७५, बुधबार
Iscuti

काठमाडौं, १४ कातिक । के तपाई तिहारको छेक पारेर नयाँ स्कुटी किन्ने सोंचिरहनु भएको छ ? अनि कुन र कति मूल्यको स्कुटी रोजौं भनेर अन्योलमा पर्नु भएको छ ? यदि यसो हो भने अब तपाईले अलमलमा पर्न आवश्यक छैन ।

Iscuti

तिहारलाई यादगार बनाउने गरी बजारमा आकर्षक र सुपथ मूल्यको पाँच स्कुटी आइसकेको छ । जुन तपाईको रोजाइमा पर्न सक्छ ।

होन्डा डियो–
होन्डा डियो नेपालमा सर्वाधिक बिक्री हुने स्कुटरमा पर्छ । यसको आकर्षक डिजाइन तथा उच्च क्षमताले सबैलाई आकर्षित गर्छ । १०९ सीसी क्षमताको इन्जिनले ७ हजार आरपीएममा ८.११ पीएस पावर तथा ५ हजार आरपीएममा ८.९१ एनएम टर्क जेनेरेट गर्छ ।

५ लिटर क्षमताको फ्यूल ट्याङक दिइएको यो स्कुटरले ५५ किलोमिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । १५५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको यो स्कुटरको मूल्य नेपाली बजारमा १ लाख ९५ हजार ९०० रुपैयाँ रहेको छ ।

टीभीएस जुपीटर क्लासिक–
आर्कषक डिजाइन तथा उच्च पफ्रमेन्सका साथ उच्च ग्राउन्ड क्लियरेन्स रहेको यो स्कुटरको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ । १०९ सीसीको क्षमताको इन्जिनले ७ हजार ५०० आरपीएममा ७.८८ बीएचपी पावर तथा ५ हजार ५०० आरपीएममा ८ एनएम टर्क जेनेरेट गर्छ ।

५ लिटर क्षमताको फ्यूल ट्याङक रहेको योे स्कुटरले ६२ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ । यसको ग्राउन्ड क्लियरेन्स १५० एमएम रहेको छ ।

यामाहा रे जेडआर–
यामाहा रे जेडआरको नेपाली बजार मूल्य १ लाख ९६ हजार रहेको छ । राम्रो पफ्रमेन्सका साथ उत्कृष्ट ग्राफिक डिजाइन गरिएको यो स्कुटर ११३ सीसी क्षमताको इन्जिन दिइएको छ ।

उक्त इन्जिनले ७ हजार ५०० आरपीएममा ७.१ पीएस पावर तथा ५ हजार आरपीएममा ८.१ एनएम टर्क जेनेरेट गर्छ । ५ लिटर फ्यूल क्षमता रहेको यो स्कुटरले ६६ किलोमिटर माइलेज दिने दाबी गरेको छ भने यसको ग्राउन्ड क्लियरेन्स १३० एमएम रहेको छ ।

महिन्दा गस्टो–१२५–
१२५ सीसी क्षमताको इन्जिनले ७ हजार आरपीएममा ८.५ बीएचपी पावर तथा ५ हजार ५०० आरपीएममा १० एनएम टर्क जेनेरेट गर्छ । यो एक पावरफुल स्कुटर हो ।

यसमा ६ लिटरको इन्धन ट्याङक रहेको छ भने यसले प्रति लिटर ५० किलोमिटर माइलेज दिने कम्पनीको दाबी रहेको छ । नेपाली बजारमा यसको मूल्य १ लाख ८७ हजार ९०० रहेको छ ।

हिरो डोएट–
हिरो डोयटमा ११० सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ८ हजार आरपीएममा ८.३१ बीएचपी पावर तथा ६ हजार ५०० आरपीएममा ८.३० एनएम टर्क जेनेरेट गर्छ ।

५.५ लिटर फ्यूल ट्याङक क्षमता रहेको यो स्कुटरले ४५ किलोमिटर प्रतिलिटर माइलेज प्रदान गर्छ । यसको मूल्य नेपाली बजारमा १ लाख ८८ हजार ९०० रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७