पिपिएल : सन्दीपको टिम विराटनगर टाइटन्सको पहिलो जित


१४ कार्तिक २०७५, बुधबार
sandeep lamichhane

पोखरा, १४ कार्तिक । पोखरा प्रिमियर लिगमा सन्दीप लामिछाने कप्तान रहेको विराटनगर टाइटन्सले पहिलो खेलमा जित हात पारेको छ ।

पोखरा रंगशालास्थित क्रिकेट मैदानमा बुधबार सम्पन्न खेलमा बुटवल ब्लास्टर्सलाई विराटनगरले १२ रनले पराजित गरेको हो । जितसँगै विराटनगरले दुई अंक जोडेको छ ।

विराटनगरले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा बुटवलले २० ओभरमा ८ विकेट गुमाएर १ सय २८ रनमात्र जोड्न सक्यो । अन्तिम ओभरमा बुटवललाई जितका लागि १३ रन आवश्यक भएपनि विराटनगरका किशोर महतोले मेडन ओभर फालेपछि विराटनगरले जित हात पारेको हो ।

बुटवलका लागि भीम सार्कीले सर्वा्धिक ५० रन बनाए । उनले रनआउट हुनुअघि ४२ बलमा ४ चौका र १ छक्का प्रहार गरे । ओपनर सागर पुन ३३ बलमा २९ रन जोड्दै आउट भए । मध्यक्रमका शंकर राना २३ रनमा सन्दीप लामिछानेबाट बोल्ड आउट भए । चिराग सुरी र प्रकाश केसीले खाता खोल्न सकेनन् ।

रोहन मुस्ताफा १ रनमा किशोर महतोको बलमा मोहम्मद जायदबाट क्याच आउटको शिकार भए । सोमपाल कामीले ९ बलमा ७ रनमात्र जोडे  

विराटनगरका लागि किशोर महत्तोले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले र किशोर महतोले समान २ विकेट लिए । सुनिल धमला र साहब आलमले १–१ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धा्रित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो । अलामले ४५ बलमा ७२ रनको पारी खेले। सो क्रममा उनले ६ चौका र ५ छक्का प्रहार गरेका थिए। यस्तै प्रदीपसिंह ऐरीले ४१ रन जोडे । त्यसबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

बुटवलका ललितसिंह भण्डारीले २ तथा विपिन खत्री, सांसद सेख र सागर पुनले समान १–१ विकेट लिए ।

यस जितसँगै विराटनगरको प्लेअफ सम्भावना जिवितै रहेको छ । सुरुवातको तीन खेलमा पराजित भएपनि विराटनगरले गणितीय सम्भावना कायम राखेको हो । विराटनगरले अब चितवन राइनोजसँग खेल्न बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७