अमेरिकामा मिरा राई सहित छ जना नेपाली नारी सम्मानित


३ मंसिर २०७४, आईतवार
अमेरिकामा मिरा राई सहित छ जना नेपाली नारी सम्मानित

अमेरिका: समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान दिएका ७ जना व्यक्तित्वहरुलाई अमेरिकामा सम्मान गरिएको छ ।

अमेरिकामा मिरा राई सहित छ जना नेपाली नारी सम्मानित
१ सय सातौँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एनआरएनए एनसिसि अमेरिकाको संयोजकत्वमा अमेरिकामा सक्रिय विभिन्न १० वटा संस्थाहरुले संयुक्तरुपमा न्यूयोर्कमा आयोजना गरेको कार्यक्रममा साहित्य, गायन, समाजसेवा, पत्रकारिता तथा खेलकुद क्षेत्रमा सक्रिय महिलाहरुलाइ अमेरिकाका लागी नेपाली राजदुत डा।अर्जुन कार्कीे र सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले सम्मान पत्र प्रदान गरेको हो ।

सम्मानित हुनुहुनेमा साहित्यतर्फ सिता पाण्डे, निलम कार्की निहारिका, गायनतर्फ सपनाश्री, पत्रकारितातर्फ माम्पी घोष, खेलकुदतर्फ मिरा राई र सामाजसेवातर्फ केमिका भण्डारी र जोली अमात्य रहका छन् ।कार्यक्रममा प्रमुख अतिथि कार्कीले अमेरिकाको व्यस्त दैनिकीका बावजुद आफ्नो क्षेत्रमा निरन्तर सक्रिय रहनसक्नु आफैँमा महत्पूर्ण कार्य हो भन्दै सम्मानित व्यत्तित्वहरुको प्रशंसा गरे ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७