आजै प्रकाश दाहालको पशुपतिमा अन्त्येष्टि गरिने


३ मंसिर २०७४, आईतवार
Prakash Dhal 1

काठमाडौं: आइतबार बिहान निधन भएका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको आइतवारै अन्त्येष्टि गरिने भएको छ।

Prakash Dhal 1
माओवादी प्रवक्ता पम्फा भुषालले दिउँसो ४ बजे उनको अन्त्येष्टि गरिने जानकारी दिइन्। भुषालका अनुसार त्यसअघि दाहालको शव दिउँसो साढे १ बजे पार्टी कार्यालय पेरिसडाँडामा अन्तिम श्रद्धान्जलीका लागि राखिनेछ।
आइतबार बिहान प्रकाशको निधन भएको थियो। हृदयघातका कारण निधन भएको भनिए पनि अस्पतालले अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७