‘आकस्मिक हृदयघात’को कारण अस्पताल ल्याउनु अघि नै प्रकाश दाहालको मृत्यु: अस्पताल


३ मंसिर २०७४, आईतवार
press mit norvic hospital

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातबाट मृत्यु भएको नर्भिक अस्पतालका डाक्टरहरुले जानकारी दिएको छ । अस्पताल प्राङ्गणमा पत्रकार सम्मेलन गर्दै डाक्टहरुले सो जानकारी गराएका हुन् ।

press mit norvic hospital

डा. यादव भट्टका अनुसार प्रकाशलाई बिहान साढे ५ बजे अस्पताल ल्याइपुर्‍याइएको थियो, जतिबेला उनको पल्स थिएन भने हात चिसो र शरीर केही कडा भइसकेको थियो ।
चिकित्सकहरुले बिहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए । त्यसअघि सबै जाँच गरिएको थियो । अस्पताल ल्याउनु करिब ३ घण्टा अघि नै प्रकाशलाई आकस्मिक हृदयघात भएको चिकित्सकहरुको अनुमान छ । आँखाको नानी पनि डाइलेटेड भइसकेको थियो । शरीरको रिफ्लेक्स पनि थिएन । शरीर कडा भइसकेको थियो । डाक्टरहरुले अस्पताल ल्याउन भन्दा तीन घण्टा अघि नै निधन भइसकेको बताए । ‘इसिजी गर्दा पनि केही नभेटिए पछि हामीले परिवारलाई बिहान ६ बजे प्रकाश दाहाललाई मृत घोषित गरेका हौँ,’ डाक्टरहरुले जानकारी दिए ।
चितवनमा रहेका प्रकाश अस्वस्थ रहेकाले बाबु प्रचण्डसाग झापा नगई काठमाडौँ आएका थिए । पारिवारिक स्रोतका अनुसार शनिवार राति ८ बजेतिर उनले आफूलाई ज्वरो आएको बताएका थिए । कञ्चापुर १ मा उम्मेदवार भएका कारण पत्नी विना पनि काठमाडौंमा थिइनन् ।
घरमा आमा सीता दाहाल र भाञ्जीहरुमात्रै थिए । बेलुका आमा र भाञ्जीहरुसाग बसेर खाना खाएको प्रकाश आइतबार बिहान चाँडो नउठेपछि आमा सीता दाहाल हेर्न जाादा अचेत अवस्थामा भेटिएका हुन् । लगतै उनलाई सन्तु दराई ‘परवाना’ लगायतले गाडीमा राखेर नर्भिक अस्पतालमा पुर्‍याएका थिए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७