निर्वाचन कार्यलयको गेटमा बम


३ मंसिर २०७४, आईतवार
bomb1

काठमाडौं: जिल्ला निर्वाचन कार्यालय धादिङमा अज्ञात समूहले राखेको बम सेनाद्धारा निष्क्रिय गरेको छ । प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनलाई प्रभाव पार्नको लागि अज्ञात समूहले कार्यलयमा बम राखेको हुनसक्ने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

bomb
निर्वाचनको अन्तिम तयारी भइरहदा जिल्ला प्रहरी कार्यालय धादिङले समेत निर्वाचन कार्यालय परिसरमा सुरक्षाकर्मी खटाएको बेलामा कार्यालय परिषर भित्रै बम भेटिएपछि सुरक्षा व्यवस्थापन फितलो भएको स्थानीले आक्रोश पोखेका छन् ।
बम भेटिएलगत्तै नेपाली सेनाको प्राविधिक टोलीले बमलार्इ डिस्पोज गरेको थियो । बम डिस्पोज पश्चात् ठुलै क्षति गराउने उद्येश्यले फलामको पाइप भित्र गन पाउडर, डेटोनेटर, ब्याट्री लगायतका सामाग्रीहरू राखेर बनाइएको बम निकै शक्तिशाली भएको देवीदत्त गणका गणपति भरत बुढाथोकीले बताएका छन् ।

bomb1
जिल्ला निर्वाचन कार्यलयको आफ्नै भवन नभएपछि कार्यालय सदरमुकाम स्थित व्यक्तिको घर भाडामा लिएर सञ्चालन गरिएको थियो । कार्यलयमै बम भेटिएपछि अहिले निर्वाचन कार्यालय सुरक्षा निकायहरूको कार्यालय आसपास सार्ने तयारी भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७