निर्वाचनसम्बन्धी कार्यक्रम नरोक्न प्रचण्डको निर्देशन


३ मंसिर २०७४, आईतवार
prachanda

काठमाडौं: माओवादी केन्द्रका नेता एवम् पोलिटब्यूरो सदस्य प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरू स्थगित भएको खबर आउन थालेपछि अध्यक्ष प्रचण्डले निर्वाचन सम्बन्धी कार्यक्रम नरोक्न निर्देशन दिएका छन् ।

prachanda
पार्टी प्रवक्ता पम्फा भुसालका अनुसार निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरू सुचारु राख्न अध्यक्ष प्रचण्डले सिङ्गो पार्टी कमिटीलाई निर्देशन दिएका हुन् । प्रचण्डपुत्र प्रकाश दाहालको निधनको खबर सुनेपछि विभिन्न जिल्लामा रहेका माओवादी नेताहरू कार्यक्रम स्थगित गरेका छन् ।
दाहालको आज बिहान हृदयघातबाट निधन भएको हो । उनको शवलाई अहिले पेरिसडाँडास्थित पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको छ । दाहालको आजै पशुपति आर्यघाटमा साँझ ५ बजे अन्त्येष्टि गरिने माओवादीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७