पेरिसडाँडा पुगेका बाबुराम प्रचण्डलाई देख्नसाथ डाको छोडेर रोए


३ मंसिर २०७४, आईतवार
baburam perisdanda

काठमाडौं : गोरखाबाट प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न आएको बाबुराम भट्टरार्इृ प्रचण्डलाई देख्ने बित्तिकै डाको छोडेर रोएका छन् । मृतक दाहाललाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथिलो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे ।

baburam perisdanda
भेट हुनासाथ प्रचण्ड र बाबुरामले अंकमाल गरे र, दुवै क्वाँ क्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए । प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए ।

डा. बाबुराम भट्टराईले माओवादी पार्टी परित्याग गरेपछि पहिलो चोटि पेरिसडाँडा पुगेका हुन् ।

प्रचण्ड पुत्र प्रकाश दाहालको आकस्मिक हृदयघातबाट बिहान मृत्यु भएको हो । चिकित्सकहरुले बिहान ६ बजे मृत्यु भएको घोषणा गरेका थिए । नर्भिक अस्पतालका भर्ना गरिएको उनको अस्पताल आइपुग्न भन्दा अगाडि नै मृत्यु भएको डा. यादव भट्टका जानकारी दिएका थिए ।

‘आकस्मिक हृदयघात’को कारण अस्पताल ल्याउनु अघि नै प्रकाश दाहालको मृत्यु: अस्पताल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७