नेपाल आइपुग्यो रेलको इन्जिन, परीक्षण हेर्न सयौंको भीड, डेढ महिनापछि रेल चल्ने


१८ कार्तिक २०७५, आईतवार
rel

मोरङ, १८ कातिक । नेपालीको रेल चढ्ने सपना र प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमा रेल गुडाउने सपना चाँडै नै साकार हुने देखिन थालेको छ ।

rel
भारतको वेथानदेखि विराटनगर आइपुगेको रेल हेर्दै सर्वसाधरण ।

भारतको वथनाहादेखि नेपालको विराटनगरसम्मको रेलमार्गमा आइतबार रेलको इन्जिन परीक्षण गरिएको छ । बथनाहाबाट छुटेको रेलको इन्जिन आइतबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिकाको बुधनगरस्थित यार्डसम्म आएको हो ।

रेलको इन्जिन हेर्न नेपालतर्फ सयौं मानिसहरु भेला भएका थिए । नेपाली भूमिमा रेल भित्रिएको दृष्य सर्वसाधरणले निकै चासो दिएर हेरेरका छन् ।

उनीहरुले सरकारले बताउँदै आएको रेल गुडाउने आश्वासन अब व्यवहारमै पूरा हुन लागेको प्रतिक्रिया दिंदै आफूहरु आशातित बन्न थालेको बताएका छन् । यस क्षेत्रका सर्वसाधरणले आफ्नो क्षेत्रको कृषि उत्पादनको थप बजार विस्तारमा रेलमार्गले सघाउने विश्वास लिएको बताएका छन् ।

rail

रेलको इन्जिन केही बेर राखेर फेरि भारततर्फ नै लगिएको छ । निर्माण कम्पनीका निर्देशक अश्विनीकुमारले अबको ४५ दिनभित्र बथनाहादेखि बुधनगरसम्म रेल चलाउन सकिने जानकारी दिएका छन् । बथनाहादेखि बुधनगरसम्म कुल ८ किलोमिटर पर्छ । जसमा भारततर्फ ५ र नेपालतर्फ ३ किलोमिटर दूरी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७