दाहालको निधनप्रति चुनावी कार्यक्रमहरू रद्द गरेर एमालेद्वारा शोक व्यक्त


३ मंसिर २०७४, आईतवार
CPN UML office

काठमाडौं : नेकपा (एमाले)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधनमा शोक व्यक्त गरेको छ।

CPN UML office
दाहालको आकस्मिक तथा असामयिक निधनबाट स्तब्ध बनेको एमाले नेता विष्णु रिमालले विज्ञप्ति जारी गरी उल्लेख गरेका छन्। परिवारजन र माओवादी केन्द्रप्रति शोक व्यक्त गर्न एमालेले आइतबार दिउसो २ देखि ३ बजेसम्म आयोजित चुनावी कार्यक्रमहरू रद्द गरेको छ।
प्रकाश दाहाल हृदयाघातका कारण आइतबार बिहान करिब ६ बजे निधन भएको थियो । उनी माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका थियो । उनको आमाले घरमै अचेत अवस्थामा भेटिएका उनलाई नर्भिक अस्पताल लगिएको थियो तर, चिकित्सकहरुले मृत घोषणा गरे ।
चुनावी कार्यक्रम अन्तर्गत झापामा रहेका पिता काठमाडौं फर्किएर नर्भिक अस्पताल पुगेपछि मात्रै उनको निधनको खबर औपचारिक रुपमा माओवादी केन्द्र र अस्पतालले गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७