अस्पतालमा उपचार गराइरहेकी बालिकामाथि सामुहिक बलात्कार


१९ कार्तिक २०७५, सोमबार
rape minor

काठमाडौं, १९ कात्तिक । पछिल्लो समय लगातारको बलात्कारको घटनाले नेपाललाई चिन्तित बनाएको छ । नेपाल मात्र होइन छिमेकी देश भारत पनि बलात्कारको घटनाले बारम्बारजसो बदनाम बन्दै आएको छ ।

rape minor

पछिल्लो समय भारतको उत्तर प्रदेश राज्यमा अस्पतालमै चार वर्षे बालिकामाथि सामुहिक बलात्कार भएको छ । उत्तर प्रदेशको राजधानी लखनउबाट २५० किलोमिटर दक्षिण पश्चिममा रहेको अस्पतालमा यस्तो घटना भएको हो । सर्पले टोकेर अस्पतालको आईसीयूमा भर्ना भई उपचाररत ती बालिकामाथि अस्पतालकै एक कर्मचारीसहित पाँच जनाले सामुहिक बलात्कार गरेका थिए ।

बालिकाले आफ्नी हजुर आमालाई शनिबार राति अस्पतालकै एक कर्मचारीसहित अन्य चार जनाले आफूलाई बलात्कार गरेको बताएपछि घटना बाहिर आएको हो । लखनउका प्रहरी अधिकारी महेश श्रीवास्तवका अनुसार एक जना आरोपी पक्राउ परेका छन् भने अन्य चार फरार रहेका छन् ।

प्रहरीले बाँकी चार जनालाई पनि खोजी गरिरहेको जनाएको छ । प्रहरीले अस्पताल प्रशासनसँग सीसीटीभी फुटेज उपलब्ध गराउन माग गरेको र बालिकालाई आईसीयूमा एक्लै किन छोडिएको थियो भनेर पत्ता लगाउन कोशिस गरिरहेको पनि बताएको छ ।

8342c7da bd22 4dc2 9784 024b12130d78

भारतमा बलात्कारको घटना श्रृङ्खलाबद्ध रुपमा बाहिर आइरहन्छन् । सन् २०१२ डिसेम्बरमा नयाँदिल्लीमा सार्वजनिक बसमै एक विद्यार्थीलाई सामूहिक बलात्कार गरी हत्या गरेपछि त्यसले देशभरमा तरंग पैदा गरेको थियो ।

यसैबीच भारत सरकारले बलात्कारको घटना बढ्न थालेपछि यस्तो अपराधमा संलग्नलाई कडा सजाय हुने कानूनी व्यवस्था गरेको छ । वयष्कमाथि बलात्कार गर्नेलाई २० वर्षसम्मको जेल सजाय तोकिएको छ भने १२ वर्षभन्दा कम उमेरका बालबालिकामाथि बलात्कार गर्नेलाई मृत्युदण्ड दिन सक्ने व्यवस्था रहेको छ । स्रोतः डेलीमेल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७