परिवारलाई विक्षिप्त बनाएर संसारबाट बिदा भए प्रकाश दाहाल (फोटोफिचर)


३ मंसिर २०७४, आईतवार
Prakash Dahal dead

काठमाडौं : पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको पशुपतिको आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ । आइतबार बिहानै निधन भएको दाहाललाई नर्भिक अस्पतालमा मृत्य घोषणा गरिएको थियो । बिहान नर्भिक अस्पताल भर्ना गरिएको उनको अस्पताल घरैमा आकस्मिक हृदयघातबाट कारण निधन भएको अस्पतालले जनाए ।

Prakash Dahal dead

माओवादी केन्द्रको पोलिष्टव्यूरो सदस्य समेत रहेको प्रकाशलाई पिता प्रचण्डले दागबत्ती दिए । परिवारका एक्ला पुत्र तथा जनयुद्ध कालदेखि नै पितासँगै रहेर काम गरेको छोरा गुमाउनको पीडा प्रचण्डले लुकाउन सकेन् । उनले पार्टी कार्यालयमा भावुक हुँदै उनको शवमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धान्जली दिएका थिए । चुनावी कार्यक्रमको क्रममा झापा पुगेका प्रचण्ड छोराको हृदयघात भएर अस्पताल भर्ना गरिएको खबरसँगै काठमाडौँ आए हुन् ।
छोरालाई अस्पताल भर्ना आफैँले गराएकी सीता दाहालको अत्यन्तै विक्षित छिन् । चितवनमा रहेको दिदी रेणु दाहाल काठमाडौँ आइन् । भाइको वियोगको दिदीहरू सीमा र रेणु दुवै सम्हाल सकिनन् ।
यस्तै दाहालको मृत्युपछि जेठी श्रीमती सिर्जना त्रिपाठी पोखराबाट काठमाडौँ आएर सिधै नर्भिक पुगिन् । उनी जब प्रकाश देखेपछि बेहोस भइन् । यस्तै कञ्चनपुरमा चुनावी प्रचारको क्रममा रहेकी कान्छी श्रीमती बिना मगर प्रकाशको निधनको खबर लगत्तै काठमाडौँ आइन् । चिच्याउँदै दौडिदै आइपुगिन् ।
यस्तै श्रद्धाजन्ली दिन पुगेका नेता बाबुराम भट्टराईले आशु थाम्न सकेन्न् । माओवादी केन्द्रका पार्टी कार्यालय पेरिश डाँडामा प्रचण्डलाई देख्न साथ भक्कानिएर रोएका थिए । भने जनयुद्ध लडेको नेताहरू मोहन बैद्य, बर्षामान पुन, ओशसरी घर्ती मगर , उपराष्ट्रपति नन्द किशोर पुन लयायत नेताहरू विक्षित बनेका देखिन्थे ।

Prakash Dahal dead 4

Prakash Dahal dead 5

Prakash Dahal dead 2

Prakash Dahal dead 3

Prakash Dahal dead 6

Prakash Dahal dead 7 Prakash Dahal dead 8 Prakash Dahal dead 9 Prakash Dahal dead 10 Prakash Dahal dead 11 Prakash Dahal dead 12 Prakash Dahal dead 13 Prakash Dahal dead 14 Prakash Dahal dead 16

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७