एक लाख घुस लिने नगरपालिकाका हाकिमबिरुद्ध भ्रष्टाचार मुद्दा दायर


२० कार्तिक २०७५, मंगलवार
ciaa

काठमाडौं, २० कात्तिक । एक लाख घुस लिंदालिंदै पक्राउ परेका टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपसचिव कृष्णप्रसाद सुवेदीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  

ciaa

उपसचिव पौडेल असोज २८ गते पूर्वाधार विकास योजना कार्यक्रम अन्तर्गत नवसिर्जना टोल सुधार उपभोक्ता समाजलाई बाटो ढलानको लागि छुट्टयाएको रकमको अन्तिम बिल भुक्तानी गरी दिने प्रयोजनको लागि १ लाख रुपैयाँ घुस लिंदालिंदै पक्राउ परेका थिए ।

उनलाई भ्रष्टाचार ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसुर गरेको देखिन आएकोले बिगो रु.१ लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही दफाको उपदफा (१) को देहाय (ग) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी मुद्दा दायर गरेको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७