निश्चल र स्वस्तिमाले प्रसंशकलाई कोका-कोला बाँड्दै


२० कार्तिक २०७५, मंगलवार
Pic 2 3r8R8Gu5LP


काठमाडौं,२० कात्तिक । लोकप्रिय अभिनेता तथा नेपाली फिल्म उद्योगका प्रखर जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काले काठमाडौँको विभिन्न मल र सुपरमार्केटहरूमा गएर आफ्नो प्रसंशकहरुलाई कोका–कोला बाँडिरहेका छन् र सबैलाई आफ्नो भावनाहरु प्रियजनसंग बाँड्नका लागि प्रोत्साहन गरिरहेका छन् ।

Pic 1 HCVpzcjlk9

पहिलो दिन, उनीहरु लबीम मलको भ्रमण गरेका थिए जहाँ एक जोडीले उनिहरुसंग कुरा गर्दै भने, “हामी सधैँ कोकलाई माया गर्छौ र मलाई सम्झना छ हामीले हाम्रो पहिलो डेटमा कोक पिएको र आज हामी यहाँ हाम्रो एक वर्षको उत्सव मनाउन आएका छौ । यस विशेष दिनमा विशेष संदेश “निश्चल मायाका लागि“ र “सुख दुःखको साथका लगि“ लेखीएको कोकको बोटल एक अर्कालाई दिन पाउँदा हामी नीकै खुसि छौँ ।”

दोस्रो दिन, स्वस्तिमा खड्काले केएल टवरको भ्रमण गरिन् र आफ्ना प्रशंसकहरूलाई व्यक्तिगत संदेशद्वारा धन्यवाद दीईन् “ तपाईहरु मेरो लक हुनुहुन्छ र म तपाईहरुलाई माया गर्छु र मलाई पनि यसरि नै सधै माया गरिरहनुस् ।

Pic 2 3r8R8Gu5LP

केएल टवरमा, दुई साथीहरु जो दुबै विदेशमा थिए र अचानक ६ वर्षपछि भेट भएका थिए । उनीहरु तिहारको किनमेलका लागि त्यहाँ गएका थिए । उनीहरुले कोकको विशेष संदेश “सुमधुर मिलनका लागि” र “रमाइला ती जामघटका लागि”लेखिएको बोतल एक अर्कालाई बाँडेर निकै भावुक भएका थिए । उनीहरुले भने, “यो लाग्छ यो नयाँ कोकको बोतलले मेरो लागी मेरो साथीको महत्व ठ्याक्कै दर्शाएको आभास भएको छ ।

स्वस्तिमाले आफ्ना फ्यानहरुलाई कोका–कोलाको विशेष बोतलले आश्चार्य चकित बनाएकी थिईन् । सबैजसो स्थानहरुमा उनका प्रशंसकहरुले उनको अटोग्राफसहितको कोक बोतल लिनका लागि घेरेका थिए । उनीहरुले आनासँग सेल्फी पनि खिचे ।

एक प्रशंसक यति धेरै उत्साहित भईन कि उनले “अटुट साथका लागि“ लेखीएको अर्को एउटा अतिरिक्त कोकको बोतल इन्स्टाग्राम परिवारसँग शेयर गर्नको लागि मागिन् ।

दशैं र तिहारको महोत्सवको अवधिभर, कोका–कोलाले आफ्ना मनपर्नेहरुका साथमा भावना बाँड्न उत्साहित गर्नका लागि अभियानको रुपमा हालै १६ विशेष संदेश लेखिएको कोका–कोला बोतल सार्वजनिक गरेको थियो ।

कोका–कोला नेपालका देशिय निर्देशक अम्बुज सिंहले भने, “आफ्ना भावनाहरु साटिन तथा एक आपसमा जोडिनका लागि दशैं र तिहार भन्दा ठुलो अर्को अवसर कुनै छैन । हामी आशा गर्दछौंकी तपाईँले निश्चल बस्नेत र स्वस्तिमा खड्कासँग भेट्न पाउँदा रमाईलो महशुस गर्नुभयो होला । यो चाडपर्वमय मौसममा कोक बाँड्दै तथा आफ्ना मनपर्नेहरुका साथमा सम्बन्ध बनाउँदै अगाडी बढिरहन तपाईँलाई हाम्रो हार्दिक शुभकामना अभिव्यक्त गर्न चाहन्छौं ।”

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७