सवारी किन्ने सोचमा हुनुहुन्छ ? ५० प्रतिशत रकम तिर्नैपर्ने


२१ कार्तिक २०७५, बुधबार
auto loan

काठमाडौं, २१ कातिक । के तपाई निजी सवारी किन्ने सोंचमा हुनुहुन्छ ? अनि डाउन पेमेन्टका लापिग थोरै रकम जोहो गर्नु भएको छ । यहि यसो हो भने तपाईले थप रकम जोहो गर्नुपर्ने भएको छ ।

auto loan

अब निजी सवारी साधनहरुको खरिदकर्ताले शुरुमै ५० प्रतिशत रकम तिर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशिका जारी गर्दै सवारी कर्जाको डाउन पेमेन्टलाई ५० प्रतिशतमा झारेको हो ।

केन्द्रिय बैंकले १६ महिनापछि सवारी साधनको कर्जा सिमा घटाएको हो । बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सवारी साधन कर्जालाई ५० प्रतिशतबाट वृद्धि गरेर ६५ प्रतिशत पुर्‍याएको थियो ।

१६ महिनापछि केन्द्रिय बैंकले सवारी साधन कर्जाको सिमा १५ प्रतिशतले घटाएको हो । अब निजी सवारी साधन खरिदकर्ताहरुले शुरुमै ५० प्रतिशत रकम तिनुपर्नेछ । त्यसपछि बैंक तथा वित्तीय संस्थाले ५० प्रतिशत डाउन पेमेन्ट गर्नेछन् ।

केन्द्रिय बैंकको नयाँ निर्देशनले अटोमोबाइल व्यवसाय ७५ प्रतिशतले ओरालो लाग्ने नाडा अटोमोबाइल एसोसियनका अध्यक्ष शम्भु दाहालले बताए । भारतमा शतप्रतिशत डाउन पेमेन्टको व्यवस्था रहेको तर नेपालमा भने ५० प्रतिशतमा झारेर सरकारले अटोमोबाइल व्यवसायीमाथी अन्याय गरेको आरोप लगाए ।

बैंक तथा वित्तीय संस्थाका लागि निजी सवारी साधन सबै भन्दा सुरक्षित कर्जा लगानीको क्षेत्रका रुपमा स्थापीत रहेको तर सरकार भने नकारात्मक रुपमा उभिएको उनको भनाई छ । उनले ६५ प्रतिशत डाउन पेमेन्टको व्यवस्थाका आधारमा अर्डर गरिएका सवारी साधन बेच्न मुस्किल हुने पनि बताए ।

auto loan

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७