सर्वसाधरणलाई माथिल्लो तामाकोशीको ४० कित्ता शेयर


२१ कार्तिक २०७५, बुधबार
284337154Upper tamakoshi hydro

काठमाडौं, २१ कातिक । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधरणका लागि ४० कित्तासम्म प्राथमिक निष्कासन (आईपीओ) दिने भएको छ ।

284337154Upper tamakoshi hydro

बिक्री प्रबन्धक नागरिक लगानी कोषका शेयर शाखा प्रमुख रोशनजंग कार्कीले मागभन्दा आवेदन धेरै परेकाले न्यूनतम् ४० कित्ताका दरले शेयर वितरण गरिने जानकारी दिएका हुन् ।

कम्पनीले कात्तिक १५ देखि १९ गतेसम्म आवेदनका लागि आह्वान गरेको थियो । एक अर्ब ५८ करोड ८५ लाख मूल्यको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर निष्कासन गरेको थियो ।

मंगलबारसम्म आईपीओमा ६ अर्ब ७० करोड ५८ लाख रुपैयाँको तीन लाख ४६ हजार एक सय ६६ आवेदन परेको छ । यो मागभन्दा चार गुणा बढी हो । सर्वसाधरणले न्यूनतम् ५० कित्तादेखि एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको थियो ।

‘मागभन्दा आवेदन धेरै परेको छ । आवेदनअनुसार शेयर वितरण गर्न सम्भव छैन’, कार्कीले भने, ‘योग्य आवदेकले न्यूनतम् ४० कित्ता शेयर प्राप्त गर्नेछन् ।’

४० कित्ताको दरले शेयर वितरण गर्दा बाँकी हुने शेयरलाई गोलाप्रथाको माध्यमबाट वितरण गरिने जनाइएको छ । गोलाप्रथाबाट छानिने सर्वसाधारणले थप १० कित्ता प्राप्त गर्ने उनको भनाइ छ ।

सर्वसाधारणबाट शेयर खरिद गर्न परेका आवेदनको अन्तिम सूची तयार गरेर अबको दुई साताभित्रमा बाँडफाँट गरिने उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७