२०७५ कातिक २२ गते बिहीबारको राशिफल


२२ कार्तिक २०७५, बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) दिन लाभदायक र मनोरञ्जनपूर्ण रहने छ । प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । अतिथिको रूपमा सत्कार पाइने छ । आम्दानी बढाउने काम शुरु गर्न सकिने छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । काममा आफन्त र साथीभाइबाट सहयोग मिल्ने छ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिने छन् । आफन्तले पनि उत्साह जगाउने छन् ।

rasifal

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) द्वेष तथा इष्र्या गर्नेहरूले हार खानेछन् । चुनौती चिर्दै काम बनाउन सकिने छ । स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिने छ । प्रतिष्पर्धामा पनि विजयी भइने छ । व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ । रोकिएका काम बन्नाले उत्साह जाग्ने छ । मिहिनेतले प्रतिष्पर्धाको दौड समेत जिताउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) व्याहारिक समस्याले योजना स्थगन हुने देखिन्छ । मिहिनेतको नतिजा चित्तबुझ्दो नआउन सक्छ । कामको चाप बढ्नेछ भने स्वास्थ्यले त्यति साथ नदिने समय छ । अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला । अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । फाइदा लिन समय प्रतीक्षा गर्नुपर्ला । काममा समय दिन नसकिएला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ । बेसुरमा बोल्ने बानीले दुःख पाइने छ । विशेष योजना सार्वजनिक नगर्नुहोला । काम बिग्रने डरले सताउने छ । साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भंग हुन सक्छ । अरूको फाइदाका लागि उपयोग भइने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । छोटो समयमा उपलब्धि हात लागी हुनेछ । स्रोतसाधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउने छ । रोकिएका काम बन्ने र नयाँ काम शुरु गर्ने समय छ । शत्रु र प्रतिष्पर्धीलाई सजिलै हराउन सकिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) बोलीको गलत अर्थ लाग्नाले वादविवादमा परिएला । आत्तिने बानीले काम बिग्रनुका साथै हातमा आएको मौका गुमाउनुपर्ला । अध्ययनमा त्यति समय दिन नसकिएला । स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ । अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिने छ । विचार सम्प्रेषण गर्न समय पर्खनु होला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्ने छन् । आकर्षक उपहारले उत्साह जगाउने छ । भैपरी आउने समस्या समाधान हुनेछन् । पहिलेको सफलताले थप हौसला जगाउने छ । बिछोडिएका आफन्तजन भेटिने छन् । सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिने छन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला । समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिने छन् । शुभचिन्तकहरू समेत टाढा हुनेछन् । धेरै लगानीपछि कम मात्र फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामान्य फाइदा भइरहे पनि ठूलो भागको आशा राख्दा सुनिश्चित आम्दानी समेत रोकिन सक्छ । सरसापटमा खर्चनु पर्दा आजको लाभांश बचत नहुन सक्छ । अरूको भनाइमा लाग्दा काममा पछि परिने छ । प्रयत्न गर्दा आम्दानीका स्रोत प्रशस्त फेला पर्नेछन् । तर आफ्नो मेहनतको फाइदा अरूले उठाउने चेष्टा गर्न सक्छन्, सजग रहनुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मिहिनेतले नाम, दाम र इनाम दिलाउने छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिने छ । विभिन्न अवसरले पछ्याउने छन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । आफ्नै रुचिका विषयमा लगानी बढाउन सकिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कमजोरीले चिन्ता बढाउने छ भने परिस्थितिवश चिताएको काम रोकिन सक्छ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । आंशिक फाइदा भए पनि चिताएको काम पूरा नहुन सक्छ । रोकिएका काम दोहोर्‍याउन समय प्रतीक्षा गर्नुपर्ला । बाध्यात्मक परिस्थितिले अलमल्याउने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्‍याउनु पर्ने हुनसक्छ । न्यून उपलब्धिमा चित्त बुझाउनु पर्ला । स्वास्थ्यका कारण चिताएको काम रोकिन सक्छ । अरूका लागि बुद्धि र समय खर्चनु पर्ला । आफ्ना विषयमा अरूले दाबी गर्न सक्छन्, गोपनीयतामा विशेष ध्यान पु¥याउनु होला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् ।

उपप्रा. लक्ष्मीप्रसाद बराल
(फलित ज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७