लक्ष्मीपूजाकै दिन १२ वर्षीया बालिकामाथि सामुहिक बलात्कार


२२ कार्तिक २०७५, बिहीबार

काठमाडौं, २२ कात्तिक । काठमाडौंको मूलपानीमा बुधबार दिउँसो बालिका बलात्कृत भएकी छिन् ।

Rape

मूलपानीको क्रिकेट मैदानमा खेलिरहेकी बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ । बुधबार मध्यान्ह १२ बजे क्रिकेट मैदानको कम्पाउण्ड बनाउने मजदुरहरूले १२ वर्षीया बालिकालाई बलात्कार गरेका हुन् ।

कागेश्वरी मनहरा नगरपालिका–६ मा पर्ने क्रिकेट मैदानभित्र घुम्न आएका बेला बालिका बलात्कारमा परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी होविन्द्र वोगटीले जानकारी दिएका छन् ।

घटनामा संलग्नको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाका नरेश चौधरी, बिक्कु थारु, डिल्लीराम थारु र धादिङका रविन इटनी रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७