बोक्सीको आरोपमा फेरि कुटिइन् राधा, नारी दिवसका दिन कुटिएकी राधामाथि फेरि लक्ष्मीमा अत्याचार


२२ कार्तिक २०७५, बिहीबार
radha

कैलाली, २२ कातिक । गत वर्ष फागुनमा ‘बोक्सी’को आरोपमा कुटिएकी कैलालीको घोडाघोडी नगरपालिका–५, देउकलीकी राधा चौधरीमाथि फेरि सोही आरोपमा कुटिएकी छन् ।

radha

गत वर्ष फागुन २४ गते अन्तर्राष्ट्रिय नारी दिवसका दिन ‘बोक्सी’ भन्दै कुटिएकी राधा फेरि लक्ष्मीपूजाको दिन कुटिएकी हुन् । २१ वर्षीया राधामाथि बुधबार साँझ कुटपिट गरेको आरोपमा स्थानीय २८ वर्षीय कालीचरण चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार आफ्नै घरमा बसिरहेका बेला ‘बोक्सी’ भन्दै राधामाथि घरमै कुटपिट भएको जनाइएको छ । राधाले दिएको किटानी जाहेरीपछि कालीचरणलाई इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी हरिबहादुर वलीले जानकारी दिए ।

गत वर्ष फागुन २४ गते स्थानीय ‘भोलेबाबा’ भनेर चिनिने रामबहादुर चौधरीले ‘बोक्सी’ भगाउने भन्दै राधामाथि निर्घात् कुटपिट गरेका थिए । कुटपिट अभियोगमा रामबहादुरसहित उनका सहयोगी दुई जना महिला अहिले पनि कैलाली कारागारमा सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७