नेपाल भारतसँग भिड्दै


२२ कार्तिक २०७५, बिहीबार
nepal mahila football team

काठमाडौं, २२ कातिक । ओलम्पिकको एशियाली फुटबल छनोट खेलमा नेपाल अहिले भारतसँग खेलिरहेको छ । म्यानमाको याङगोनस्थित थुवुन्ना रङ्गशालामा नेपाल र भारतबीच खेल भइरहेको छ ।

nepal mahila football team

अर्को वर्ष जापानमा आयोजना हुने ओलम्पिक खेलकुदअन्तर्गत महिला फुटबलको छनोटका लागि नेपाली टोली अहिले म्यान्मामा रहेको छ । ओलम्पिकका लागि पहिलो चरणमा एशियाबाट १८ टोलीले प्रतिस्पर्धा गर्दैछन् । समूह ’ए’ र ’बी’ मा पाँच-पाँच राष्ट्र रहेका छन् भने समूह ’सी’ र ’डी’ मा चार-चार टोली छन् ।

प्रत्येक समूहका विजेता र उपविजेताले दोस्रो चरणको छनोटमा स्थान बनाउने छन् । तेस्रो हुने समेत दोस्रो चरण पुग्नेछ । ओलम्पिकको एशियाली छनोटअन्तर्गत नेपाल रहेको समूहमा ‘सी’मा भारत, म्यानमा र बङ्गलादेश छन् । नेपालले दोस्रो खेल कात्तिक २५ गते म्यानमासँग तथा कात्तिक २७ गते बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७