प्रचण्ड निवास पुगेर देउवा र ओलीले प्रकाश दाहाललाई श्रद्धाञ्जली दिए


४ मंसिर २०७४, सोमबार
prachanda deuba and oli

काठमाडौं: आइतबार हृदयघातबाट मृत्यु भएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहाददाई श्रदाञ्जली दिन आज प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति र नेकपा एमालेका अध्यक्ष केपी ओली प्रचण्ड निवास लाजिम्पाट पुगेका छन् ।

prachanda deuba and oli
मोरङबाट काठमाडौँ आएका ओलीले सिधै प्रचण्ड निवास लाजिम्पाट पुगेर प्रकाशको तस्बिरमा श्रद्धाञ्जली दिए ।
त्यसक्रममा ओलीले दाहाल परिवारमा परेको शोकप्रति समवेदना प्रकट गर्दै दुःखको यो घडीमा आफ्नो साथ रहेको बताएका थिए ।

kp oli prakash dahal
त्यसै गरी डडेलधुराबाट काठमाडौँ आइपुगेका प्रधामन्त्रत्री तथा काँग्रेसका सभापति शेरबहादुर देउवा पनि प्रकाशलाई श्रद्धाञ्जली दिन लाजिम्पाट पुगेका छन् ।
ओली भन्दा पछाडि लाजिम्पाट पुगेका देउवासँग वामका दुवै नेताको भेट पनि भएको थियो । भेटका क्रममा उनीहरुबीच चुनावी सुरक्षाबारे छोटो कुराकानी भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७