पुत्रशोकमा परेका प्रचण्ड चितवनको सभामा सहभागी हुने


४ मंसिर २०७४, सोमबार
prachanda

काठमाडौं : पुत्रशोकमा रहेका नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवनमा हुने चुनावी सभामा सहभागी हुने भएका छन् ।

prachanda
आइतबार बिहान आफना एक मात्र पुत्र तथा पार्टीका पोलिटब्यूरो सदस्य समेत रहेको छोरा प्रकाश दाहालको मृत्यु पछि पनि घोषित कार्यक्रममा जाने भएका हुन् । पुत्र प्रकाश दाहालको निधन लगतै चिवतनको कार्यक्रम स्थगित गर्न लागिएको थियो । तर, प्रचण्डकै आग्रहमा सभा स्थगित नगरिएको बताइएको छ ।

बुधबार हुने लागेको चितवनको चुनावी सभामा सहभागी हुने भए पनि सम्बोधन नगर्ने भएका छन् । प्रचण्डको चुनावी क्षेत्रमा हुने भोलिको सभाको सुरुमा स्वर्गीय प्रकाश दाहाललाई श्रद्धाञ्जली दिइने छ ।

सभालाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी नेता रामबहादुर थापा बादलले सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७