एमोले-माओवादीको गठबन्धन ठगको झुण्डो: अध्यक्ष यादव


४ मंसिर २०७४, सोमबार
Upendra Yadav

काठमाडौं: सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवम् सप्तरी क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार उपेन्द्र यादवले एमाले माओवादी गठबन्धन ठगहरुको झुण्ड भएको आरोप लगाएका छन् ।
सोमबार सप्तरीका क्षेत्र २ को छिन्नमसत गाउँपालिकामा समाजवादी फोरम र राजपाको संयुक्तचुनावी सभालाई सम्बोधन गर्दै यादवले यस्तो आरोप लगाएका हुन् । उनले एमाले र माओवादीले जनतालाई झुठ बोलेर गुमराहमा राख्ने पार्टी कम्युनिस्ट पार्टी हुनै नसक्ने जिकिर गरेका छन् ।

Upendra Yadav
यादवले नेपाली कम्युनिस्टले जनतालाइै राहत दिन नसक्ने जिकिर गरे । उनले वाम गठबन्धन देश हितको लागि नभएको आरोप लगाएका छन् । उनले भने, ‘बाम गठबन्धन मधेससहित पुरै देशका लागि घातक छ । ढोङ्गको खोल ओढेका कम्युनिस्टहरुको असलीचरित्र जनताले बुझ्न जरुरी छ ।’
यादवले सिंहदरबारले कहिले पनि मधेसको समस्या बुझ्न नचाहेको बताएका छन् । उनले सिंहदरबारले मधेसीलाई देख्न नचाहेको पनि आरोरोप लगाएका छन् । उत्पिडनमा परेको मधेसीको अधिकार मधेसवादी दललेमात्रै सम्बोधन गर्न सक्ने भएकाले आफुहरुलाई मत दिएर जिताउन मतादाता समक्ष अनुरोध गरे ।
उनले अबको निर्वाचनमा बहुमत प्राप्त गरी संविधान संशोधन गराइछाड्ने दाबी समेत गरे । संविधान संशोधन गराउनका लागि मधेस गठबन्धनलाई विजय गराउनुपर्ने यादवले बताए । उनले मधेस गठबन्धनलाई भोट दिएर विजय गराउन मधेसी जनतासँग अपिल समेत गरे ।
यादवले मधेसको सबै भन्दा ठुलो शक्ति मेधेसी दलनै हुने जिकिर गरेका छन् । उनले २ नम्बर प्रदेशमा मधेसी दलको सरकार बन्नमा विश्वस्त रहेको पनि बताए । ‘मधेसमाथि कसैले कुदृष्टि राख्ने दिनगयो,’ उनले भने, ‘जुनसुकै विरोधी शक्तिलाई पनि जवाफ दिन मधेस सक्षम र तयार छ ।’

सप्तरी-२ मा कांगे्रसले मसालमाभोट हाल्ने
छिन्नमस्ता गाउँपालिकाका नेपाली काँग्रेसका संयोजक जिब्री लमियाँले सप्तरी-२ मा सङ्घीय समाजवादी फोरमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । मियाँले उक्त चुनावी सभामा यादवलाई विजय गराउनका लागि मसाल चिन्हमा मतदान गर्न काँंग्रेस कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।
काँग्रेसको केन्द्रीय तहबाट आएको निर्देशन बमोजिम मियाँले मसाल चिन्हमा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएका हुन् । सप्तरी–२ मा प्रतिनिधिसभा सदस्यका लागि काँग्रेसले यादवलाई समर्थन गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७