महानायक हमालले खाना नखाएको पुग्यो १६ वर्ष, यस्तो रहेछ कारण


२६ कार्तिक २०७५, सोमबार
hamal

काठमाडौं, २६ कातिक । महानायक राजेश हमाल अहिले चलचित्र क्षेत्रमा पातलिए पनि उनको सिने जगतमा नामै काफी छ ।

hamal

कुनै समय बलिउड सुपरस्टार अमिताभ वच्चनसँग दाँजेर हेरिने महानायक हमाल चलचित्र क्षेत्रमा पातलिए पनि उनको एउटा कुरा भने अझै अमिताभ वच्चनसँग मिल्छ । त्यो हो । शारीरिक फिटनेश ।

उसो त महानायक हमालले खाना नखाएको १६ वर्ष भइसकेको उनले जानकारी दिएका छन् । यो खबर पटक पटक सञ्चारमाध्यममा आउने गरेका छन् । फलफूलमा बढी बल गर्ने महानयक हमालको स्वास्थ्य र फिटनेस भने लोभलाग्दो नै छ । जसका कारण उनको उमेर अनुसारको शारीरिक तन्दुरुस्तीलाई मान्ने पर्ने हुन्छ ।

आखिर के कारणले गर्दा यतिका वर्षसम्म खाना खाएनन् महानायक हमालले ? हमाल आफ्नो शरीरलाई स्वस्थ राख्न र आफूलाई सधैँ युवा देखाउनका लागि निकै मेहेनत गर्ने कलाकारमध्येका एक हुन् । सुन्दा अचम्म लाग्न सक्छ महानायक हमालले आफूलाई स्वस्थ राख्नकै लागि झण्डै १६ वर्षसम्म भात समेत खाएनन् । अहिले पनि उनी भात निकै कम खाने गर्छन् ।

भातमा कार्बोहाइड्रेट्सको मात्रा ज्यादा हुने र त्यसले तौलमा उतारचढाव हुने भएकोले अत्यन्तै न्यून खाने गरेको उनी बताउँछन् । खाना धेरै खाएको खण्डमा पेट ठूलो हुने र आफूलाई ठूलो पेट नसुहाउने भएकाले खानामा कहिले पनि जोड नदिएको उनको भनाई छ ।

पहिले–पहिले उनी धुमपान समेत गर्ने गर्थे तर बिस्तारै उनले आफूलाई धुम्रपानबाट टाढा बनाए । उनीसँग सम्बन्ध भएका साथी तथा आफन्तहरुलाई पनि धुमपानबाट टाढा रहन सुझाव दिन्छन् ।
पछिल्लो समय उनी चलचित्र नगरीबाट टाढा छन् । तर पनि विभिन्न टेलिभिजन कार्यक्रमतथा विज्ञापनहरुमा भने व्यस्त रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७